
यूएई, २२ माघ । सुदूरपश्चिम सेवा समाज युएईको शुक्रबार भएको भेलाले त्रिलोक चन्दको अध्यक्षतामा २० सदस्यीय क्षेत्रीय समिति गठन गरेको छ ।
आजमान शारजाहमा कार्यरत सुदूर पश्चिमबासीहरुले एक वृहत भेला आयोजना गरि समिति गठन गरेका हुन् ।
समितिको उपाध्यक्षमा देवलाल जोशी, सचिवमा दिनेश नगारी, सहसचिव निर्मला बिक, कोषाध्यक्ष नरेशप्रसाद भट्ट र सह–कोषाध्यक्षमा शंकर बिष्ट चयन भएका छन् । त्यस्तै, सदस्यमा घनश्याम महरा, दीपा मल्ल, महानन्द जोशी, ईश्वरप्रसाद जोशी, रमेश चौधरी, आर्यन साउँद, प्रदीप ओझा, तीर्थ बिष्ट र खड़क चन्द चयन भएका छन् ।
साथै भेलाले सल्लाहकार समिति पनि गठन गरेको छ । जसमा विकास भण्डारी, राजु बिष्ट, दिपक ओझा, राज बोगटी र तेज सिंह ऐर रहेका छन् । सस्थाका केन्द्रीय अध्यक्ष चेतन थापाको अध्यक्षतामा भएको भेलामा प्रमुख अतिथी केन्द्रीय सल्लाहाकार दिलु नगारी रहेकी थिइन् ।
त्यस्तै, कार्यक्रममा केन्द्रीय बरिष्ठ उपाध्यक्ष जयराज जोशी, केन्द्रीय उपाध्यक्ष टिकेश्वरी भण्डारी बोगटी लगायतको सहभागिता रहेको थियो ।















प्रतिक्रिया