२९ आश्विन २०८३, बिहिबार

ओम फाईनान्स १५औं वर्षमा प्रवेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

184768_170981189618978_807355_nकाठमाडौँ, १ असोज ।  ओम फाईनान्स लिमिटेड १४ औं वर्ष पुरा गरि १५ औं वर्षमा प्रवेश गरेको छ ।

१५ औं वर्षमा प्रवेश गरेको अवसर पारेर फाईनान्सले प्रधान कार्यालयमा आयोजना गरेको रक्तदान कार्यक्रममा कम्पनीका कर्मचारीहरु तथा अन्य ब्यक्तिहरुबाट ६६ युनिट रगत संकलन भएको छ ।

यसैगरि बार्षिकोत्सवको अवसरमा फाईनान्सले कास्की जिल्लाको कालिका गा.वि.स.४, कालिकास्थान स्थित जनज्योती उच्च मा.बि. परिसर भित्र बृक्षारोपण ग¥यो ।

फाईनान्सले बिगतका वर्षहरुमा पनि बार्षिकोत्सवको अवसर पारेर असोज महिनामा बिभिन्न सामाजिका कार्यहरु गर्दै आईराखेको छ ।

यस बर्ष पनि निरन्तरता दिंदै अन्य सामाजिक कार्यहरु पनि गर्ने योजना रहेको महाप्रवन्धक बुद्धि मल्लले बताउनुभयो ।