१३ कार्तिक २०८३, शुक्रबार

जन्मेको तीन घण्टामै महिलाले शिशु बोकेर बेपत्ता

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगन्ज, २२ माघ । नारायणी उपक्षेत्रीय अञ्चल अस्पताल वीरगन्जबाट जन्मेको तीन घन्टाभित्र एक नवजात शिशु बेपत्ता भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगन्ज उपमहानगरपालिका–१ छपकैया बस्ने मुकेश पासवानकी श्रीमती आशादेवीले शुक्रबार बिहान १०ः३० बजे छोरालाई जन्म दिएकी थिइन् । राजधानी दैनिकले समाचार छापेको छ ।

करिब साढे १ बजे नवजात शिशु रुन थालेपछि अपरिचित एक महिलाले खेलाउने बहानामा उसलाई लिएर भागेकी थिइन् । सो महिला को थिइन् र शिशुलाई लिएर कहाँ गइन् भन्नेबारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

अस्पताल व्यवस्थापनको लापरबाहीका कारण शिशु बेपत्ता भएको आफन्तले आरोप लगाउँदै केहीबेर विरोध तथा नारा जुलुस गरेका थिए ।