१९ कार्तिक २०८३, बिहिबार

घुँडाको सामान्य चोट बन्यो मृत्युको कारण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


अछाम, २१ माघ । क्यान्सरका कारण अछाम जिल्लामा एक बालकको ज्यान गएको छ । मंगलसैन नगरपालिका वडा नम्बर ६ ठुलासैनका कुस्माखर भण्डारीका १० बर्षीय छोरा चक्र भण्डारीको क्यान्सरका कारण ज्यान गएको हो ।

सामान्य लडेर बाँया खुट्टाको घुँडामा चोट लागेका उनको पछि त्यही कारणबाट क्यान्सर भएको उनको परिवारले जनाएको छ । बाँया खुट्टाको घुँडामा चोट लागेपछि उपचारको लागि अस्पताल लिँदा चिकित्सकले क्यान्सर भएको बताएका थिए ।

त्यसपछि भारतको पुनामा उपचार गरी खुट्टानै काट्नु परेको थियो । लाखौं खर्च गरी भारतमा उपचार गरेपनि निको नभएपछि पछिल्लो भरतपुर क्यान्सर अस्पताल चितवनमा बालकको उपचार भइरहेको थियो ।

खुट्टाबाट क्यान्सर शरीरमा सरिसकेको र उपचार सम्भव नहुने बताएपछि उनी विगत २ महिनादेखि घरमै रहेका थिए । उनका बुवाको पनि ढाडमा क्यान्सर भएकै कारण दुई बर्ष पहिले ज्यान गएको थियो । बालक मालिका आधारभूत विद्यालयमा कक्षा २ मा अध्ययनरत थिए ।