– कृष्ण ओझा
पाँचथर, २१ माघ । मृगौला पीडित बचाउन पाँचथरमा गजल साँझ आयोजना गरिएको छ ।
याङनाम गाविस ७ निवासि खगेन्द्र थाम्सुहाङको दुवै मृगौला फेल भएको हुनाले उनको उपचार खर्च जुटाउन बिहिबार साँझ पाँचथर उद्योग वाणिज्य संघको भवनमा आयोजित गजल साँझलाई संघका अध्यक्ष मित्र प्रसाद काफ्लेले उद्घाटन गरे ।
खगेन्द्र थाम्सूहाङका दुवै मृगौला फेल भई काठमाडौंमा उपचारको रकम अभावमा थलिएर उपचारको पर्खामा रहेका छन् । दुवै मृगौला फेर्नुपर्ने भएकाले रकम संकलन गरिएको हो । थाम्सूहाङ फिदिम नगरपालिका दुईमा बस्छन ।
उनी शिक्षक पनि हून । आर्यूबेर्धिक औधिले ठिक नभए पछि दूवै मृगौला फेर्नुपर्ने भएको हो । आर्थिक अभावले आर्थिक सहयोग गरिदिन परिवार र आफन्तहरु जूटेका छन ।
उवासंघका अध्यक्ष तथा समाजसेवि मित्रप्रसाद काफ्लेले अन्य थप रकम उठाई मानवीय सहयोग गर्दै आएको र रकम संलनमा देश विदेशमा समेत पहल गर्ने बताए ।
उपाध्यक्ष याम काफ्लेद्वारा थाम्सूहाङलाई सहयोग दिएको २९ हजार रकम मिनाह गरिदिएका छन् । काफ्लेका अनूसार गजल साँझमा करिब ९० हजार संकलन गरिएको छ ।
ब्यवसाय धराप हुँदै गएकाले फिदिमका बिभिन्न ब्यवसायिहरुले, चर्कौ घरभाडा, पार्टीका सधिवेशन, टूप्पी पालेका जोगी, बढेमानका हुलका हुल साधु, अपाङ , अशक्त, दैविप्रकोप बिभिन्न खाल्का बिषयमा, चन्दा र राहातले दिन बायताले ब्यापारीहरुले सास्ती ब्यहोर्नू परेको छ ।
अध्यक्ष काफ्लेले यस्ता खाल्का सहयोगले ब्यापारिलाइ थप मर्कामा परेकाले सोइक्षिरुपमा सहयोग हून्छकी भन्ने आसा ब्यक्त गरेका छन । ईन्द्र कूम्वाङको अध्यक्षतामा खगेन्द्र थाम्सूहाङ बचाउ अभियान समितिसमेत बनेको छ । समितिमा यलम्बर थाम्सूहाङ लगायत समाजसेविहरु जूटेको पाइन्छ । मृगौला पीडित थाम्सूहाङ काठमाण्डौमा उपचारको क्रममा रहेका छन ।













प्रतिक्रिया