१३ कार्तिक २०८३, शुक्रबार

देउवाले ‘हपारे’पछि नेविसंघका नेताहरू लल्याकलुलुक !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ माघ । कांग्रेसले त्रिभुवन विश्वविद्यालय सिनेटले स्ववियु निर्वाचनका लागि तोकेको २८ वर्षे उमेर हद स्विकारेर निर्वाचनमा लाग्न नेविसंघलाई निर्देशन दिएको छ ।

संसदीय दलको कार्यालय सिंहदरबारमा बिहीबार बसेको कांग्रेस पधाधिकारी बैठकले नेविसंघमा देखिएको आन्तरिक विवादमा छलफल गर्दै २८ वर्षे हदबन्दी स्वीकारेर निर्वाचन तयारीमा लाग्न निर्देशनदिएको हो । राजधानी दैनिकले समाचार छापेको छ ।

स्ववियु निर्वाचनमा उमेर हदलाई लिएर प्रमुख दल कांग्रेस भ्रातृ संगठन नेविसंघमा देखिएको विवाद पार्टीको निर्देशनसँगै टुंगिएको छ ।

उमेरहदको विरोध गर्दै आएको नेविसंघको एक पक्षले विभिन्न क्याम्पसमा तालाबन्दीसहितका विरोधका कार्यक्रम गरेर स्ववियु निर्वाचनका पक्ष÷विपक्षमा आवाज उठाउन थालेपछि माउ पार्टी कांग्रेसले नै आधिकारिक निर्णयसहित निर्देशन दिएको हो ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमानसिंहलगायत सहभागी बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले सबै असन्तुष्टि त्यागेर स्ववियु निर्वाचनमा होमिन र पहिलो हुने गरी अघि बढ्न निर्देशन दिएको नेविसंघ अध्यक्ष नैनसिंह महरले जानकारी दिए ।

गत २० पुसमा बसेको त्रिभुवन विश्वविद्यालय सिनेटले स्ववियु निर्वाचन आगामी १४ फागुनमा गर्ने र उम्मेदवारको हदबन्दी २८ वर्ष राख्ने निर्णय गरेको थियो ।