१३ कार्तिक २०८३, शुक्रबार

खाजा खर्च र भत्ता पचाउन सरकारी कर्मचारीको यस्तो ‘कार्य’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

काठमाडौं, २१ माघ । तपाइँ नेपालका कुनै पनि सरकारी कार्यालयमा फोन गरेर कुनै मान्छेलाई खोज्नुहोस्, रेडिमेड जवाफ पाइन्छ उहाँ मिटिङ (बैठक) मा हुनुहुन्छ ।

सबैजसो मन्त्रालय र सरकारी कार्यालयका प्रमुखदेखि प्रशासनका पदाधिकारीहरु दैनिक बैठकमा व्यस्त देखिन्छन् । तर त्यस्ता बैठकबाट हुन्छ चाँही के त ?

यति धेरै बैठक बसेपछि मुलुक बिकासको हिसाबले निकै माथि पुग्नुपर्ने तर सधैं जहाँको त्यहीं हुने गरेको छ । नेपाल समाचार पत्र दैनिकले समाचार छापेको छ ।

स्रोतहरुको अनुसार कतिले त आफ्नो क्षेत्रको जवाफ दिनुपर्छ भनेर टार्नका लागि बैठकको बहाना गर्छन् भने कतिले चाहिँ बैठक बसेझैं गरेर खाजा र भत्ता पचाउने सिवाय केही पनि गर्दैनन् ।

बैठकबाट महत्वपूर्ण उपलब्धि होला भनेर आशा गर्नु नै व्यर्थ हुने भुक्तभोगीहरु बताउँछन् । यदि सँच्चीकै बैठकका निर्णयहरु कार्यान्वयन हुन्थे भने त देश अहिले विश्वकै उत्कृष्ठ देश भइसक्ने सम्बद्धहरुकै टिप्पणी रहेको पाइन्छ ।