पाँचथर, २० माघ । रानिटार गाविस ६ मा बुधबार राति ८ बजे विद्युत सट भई आगलागी हुँदा १९ लाख ७३ हजार बराबरको क्षति भएको छ ।
आगलागी बाट गोरे मूखियाको घर क्षति भएको हो । घटनाको जानकारी पश्चात जिल्ला प्रहरी कार्यालय देखि ११ जना र प्रहरी चौकी पौवासारताप बाट ५ गरी १६ जना खटिएका थिए ।
आगो नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रण लिएको प्रहरीले जनाएको छ ।
सूरक्षा तर्फबाट स्थानिय जनतालाइ आगो निभाउन राहात मिलेको थियो । मूखिययाको एक तले पक्की र कच्ची काठको घर हरेको थियो ।
प्रहरीले क्षतिको अनूमान बिवरण, लत्ताकपडा, भाडा कूडा, अन्नपात घर सहित १९ लाख ७३ हजार बराबर मूल्याकन्कन गरेको छ ।













प्रतिक्रिया