बागलुङ, २० माघ । लागुपदार्थ दुर्व्यसनबिरुद्ध बागलुङका आमाहरु एक हुन थालेका छन् ।
दुर्व्यसनबाट युवाहरु दिन प्रतिदिन फस्दै जान थाले पछि आमाहरुलाई सचेत र अभियानमा संगठित गर्ने प्रयास थालिएको हो ।
जिल्ला सदरमुकाममा सञ्चालित आदर्श सञ्चार सहकारी संस्था लिमिटेडले जिल्ला प्रहरी कार्यालय बागलुङसँगको समन्वयमा आमाहरु मार्फत दुव्र्यसन रोक्नका लागि ‘दुव्र्यसन बिरुद्ध आमाहरु’ अभियान थालेको हो । अभियानका क्रममा लागुपदार्थ दुव्र्यसनी, यसको लक्षण, दुर्व्यसनबाट व्यक्ति, परिवार, समाज र राष्ट्रमा पर्ने असर, यसबाट जोगिने र जोगाउने बिबिध उपायका बारेमा जानकारी दिइएको छ । यसका साथै आमाहरु सँग अन्र्तक्रिया गरि दुव्र्यसन रोक्ने कार्य योजना समेत बनाइने अध्यक्ष अमरबहादुर थापाले बताए ।
उक्त अभियान बागलुङ नगरपालिकाका ११ वटै वडा र सात गाविसमा पु¥याइने संस्थाका अध्यक्ष थापाले जानकारी दिए । नगरपालिकाका साथै पाला, धम्जा, भिमापोखरा, तंग्राम, सिगाना, रेश, रायडाडाँमा अभियान सञ्चालन गरिनेछ । संस्थाको सामाजिक उत्तरदायित्व बहन गर्ने कार्यक्रम अन्र्तगत सञ्चालित अभियानका लागि २ लाख रुपैयाँ बजेट छुट्याइएको छ । शहरका साथै गाउँ गाउँमा समेत दुव्र्यसनीको संख्या बढ्दै जान थाले पछि नयाँ पुस्तालाई दुव्र्यसनमा जानबाट रोक्न र फसेकालाई त्यसबाट सहज अवस्थामा ल्याउन अभियान थालिएको संस्थाका सम्पादक रामबहादुर जिसीले बताए । ‘सहकारीहरुलाई अहिले मुनाफामा मात्र केन्द्रित भएको आरोप छ,’ उनले भने, यी र यस्ता आरोपबाट मुक्त गर्न, सहकारीलाई समुदाय र सामाजिक दायित्वसँग जोड्न अभियान सञ्चालन गरिएको हो ।’ यो कार्यक्रमबाट १० हजार मानिसहरुका बिचमा सहकारीलाई पु¥याउने उद्धेश्य राखेको संस्थाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक चन्द्र कुवेर खापुङले लागुपदार्थ दुव्र्यसन, ओसार पोसार, बिक्री बितरण जस्ता सामाजिक विकृति रोक्ने काम प्रहरीको मात्र हो भन्ने सोच व्याप्त देखिएको बेला दुव्र्यसन बिरुद्ध आमाहरु अभियान उदाहरणीय कार्य भएको बताए । ‘दुव्र्यसनको अन्तिम गन्तव्य भनेको अकालमै मृत्यु हो,’ एसपी खापुङले थपे, ‘आमाहरुले आफ्ना छोराछोरीको राम्रो रेखदेख, माया, सद्भाव, सकरात्मक अपेक्षा राखेर रचनात्मक कार्यमा लगाउन सके यो धेरै हद सम्म रोकिन्छ, यसका लागि आमाहरुलाई पहिले सचेत बनाउने कार्य महत्वपूर्ण हुन सक्नेछ ।’ लागुपदार्थको खेति/उत्पादन, सेवन, ओसार पोसार, बिक्री बितरण गर्ने कार्य सबै अपराधमा पर्छन् ।
अभियानमा सहभागी बागलुङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले लागुपदार्थ दुव्र्यसनका कारण, लक्षण, यसबाट बच्ने बचाउने उपायमा अभियान केन्द्रित गर्नुपर्ने सुझाव दिए । ‘बिद्यालय उमेर समुह देखि टिन एजरका युवायुवति यसमा सरिक भएको देखिएको छ,’ प्रजिअ पाण्डेले भने, ‘यो अभियान आमाहरुमा मात्र सिमित राख्नु हुँदैन,सबै अभिभावक समक्ष पु¥याउन सके अझ बढी प्रभावकारी हुनेछ ।’
संस्थाका सल्लाहकार तथा महिला नेतृ मना केसीले आमाहरु समाज परिवर्तनमा अग्रसर भएमा छिटो परिवर्तन संभव भएको भन्दै सक्रियताका साथ अभियानमा लाग्न आमाहरुलाई आग्रह गरिन् ।
नेपाली कांग्रेसका कोषाध्यक्ष उमेश केसी, एमाले सचिव लालबहादुर थापा, राप्रपा उपाध्यक्ष शैलेन्द्र श्रेष्ठ, जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतम, नेपाल पत्रकार महासंघका सचिव दिल शिरिष, सामुदायिक सेवा केन्द्र रामरेखाका अध्यक्ष दुर्गाबहादुर आचार्य लगायतले सहकारी संस्थाले सञ्चालन गरेको अभियान जनतासंग जोडिएकोले सफल बनाउन सबैको सहयोग आवश्यक रहेको धारणा राखेका थिए ।
कार्यक्रम संंस्थाा अध्यक्ष अम्मरबहादुर थापाको अध्यक्षता, उपाध्यक्ष अञ्जु जिसीको स्वागत र सचिव प्रेम लामिछानेको सञ्चालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक चन्द्रकुवेर खापुङले दुव्र्यसन र संस्थाका सम्पादक एवं राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहकारी सम्बन्धमा अवधारणा पत्र प्रस्तुत गर्नु भएको थियो ।













प्रतिक्रिया