बाजुरा, ३० माघ । गाउँ विकास समितिका सामाजिक परिचालकहरुका लागि पोषण सचेतना तालिम सञ्चालन गरिएको छ । पोषणको महत्व, स्थानीय खाद्य बालीको प्रवद्र्धनमा सामाजिक परिचालकले खेल्नु पर्ने भूमिका बारे जानकारी दिन तालिम सञ्चालन गरिएको हो ।
तालिम तीन दिनसम्म चल्ने छ । २४ गाविस र एक नगरपालिकाका सामाजिक परिचालक र सुआहारा कार्यालय अन्तर्गतका फिल्ड सुपरभाईजरहरु गरी ३५ बढी सहभागि छन् । समाज रुपान्तरण र परिवर्तनका लागि सामाजिक परिचालकहरुको भूमिका महत्वपूर्ण र प्रभावकारी हुने भएकोले तालिम सञ्चालन गरिएको स्थानीय विकास अधिकारी प्रकाश राज पौडेलले बताए ।
जिल्ला विकास समिति, सुआहारा र यूएर एआइडीको सहयोग र महिला विकास मञ्चको आयोजनामा तालिम सञ्चालन गरिएको अध्यक्ष जुना दानील्े बताईन् । सामाजिक कार्यकर्ताको भूमिका नबुझेरै कर्मचारी जस्ता मात्र भएको देखियो, त्यसैले उनीहरुको क्षमता अभिवृद्धीसँगै भूमिका पहिचानका लागि पनि तालिम सञ्चालन गरेका हौं, मञ्चका अध्यक्ष जुना दानीले थपिन् ।
सरकारले नै प्राथामिकतामा राखेको बहुक्षेत्रीय पोषण आयोजना, सामाजिक परिचालन र स्थानीय सुशासन बारे जानकारी गराईने सुआहारा जिल्ला कार्यक्रम संयोजक पुष्प रावलले बताए । जिल्लामा १७ प्रतिशत बढी बालबालिकामा कुपोषणको पहिचान भएपछि सरोकारवाला निकायले सक्रियता बढाएका हुन् ।
खानेपानी, सरसफाइ र स्थानीय खाद्य बालीको प्रवद्र्धनमा बिशेष ध्यान दिन स्थानीय सर्वसाधारणलाई जागरुप बनाउन तालिम सञ्चालन गरिएको हो । स्थानीइ निकाय प्रतिनिध विहिन भएको अवस्थामा गाविस कर्मचारी भन्दा सामाजिक परिचालकको जनता सँगको सम्बन्ध नजिकको हुने र स्थानीयकै परामर्शलाई बढी विश्वास गर्ने हुँदा तालिमको आवश्यकता महशुस गरिएको स्थानीय विकास अधिकारी प्रकाशराज पौडेलले बताए ।
स्थानीय निकायलाई नै पोषणको अवस्था सुधार गर्न बजेट विनियोजन तथा सचेतना मुलक कार्यक्रम सञ्चालन गर्ने गरी बजेट निर्धारण गर्ने, अभियान सञ्चालन गर्ने, कार्यमा सामाजिक कार्यकर्ताकै भूमिका रहने अधिकारी पौडेलले भने । हामी स्वस्थ्य भयौं भनेमात्र हाम्रो समाज स्वस्थ्य र बलियो होला, त्यसमा हामी लाग्नु पर्छ, पौडेलले थपे ।
गर्भ बसेदेखि २ वर्ष मुनिका आमा र बच्चाको स्वास्थ्यलाई ध्यानमा राखेर धेरै कार्यक्रम सञ्चालन भईरहेका छन् । त्यो सरकारकै उच्च प्राथामिकताको अभियान हो, सामाजिक परिचालक साथीहरुले पहिलो काम सम्झेर लाग्नु पर्छ, नगरपालिकाका कार्यकारी अधिकृत प्रदीपचन्द्र सुवेदीले बताए ।
तालिममा बहुक्षेत्रीय पोषण कार्यक्रमका जिविस श्रोत तिलक थापा, सुआहारा कार्यक्रम संयोजक पुष्प रावल, तेजराज पाध्या लगायतले तालिम दिने महिला विकास मञ्चका कार्यक्रम प्रबन्धक उजा विष्टले जानकारी दिईन । तालिम जिविस समीक्षालय हलमा सञ्चालन गरिएको छ ।













प्रतिक्रिया