१९ कार्तिक २०८३, बिहिबार

आफ्नै बाबुआमाको हत्या गर्ने पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जुम्ला, २० माघ । जुम्लामा आफ्नै बाबुआमाको हत्या गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार गोठीचौर–२ बस्ने ३० वर्षीय बिरबहादुर ऐडीलाई घर अगाडि आफ्नै ४५ वर्षीय बाबु गोरख ऐडी र ५० वर्षीया आमा जयरुपा ऐडीलाई ढुंगाले हानी हत्या गरेको अभियोगमा बुधबार प्रहरीले पक्राउ गरेको हो ।

निज बिरबहादुर ऐडीको मानसिक सन्तुलन गुमेको भन्ने खुल्न आएकोले यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।