अमेरिका । नेपाली चेली जोली अमात्य द्वारा सयुक्त राष्ट्रसंघ हिउँद युवा सम्मेलनलाई युवा अध्यक्षको हैसियतले सम्बोधन गरेकी छिन् । हिउँद यूवा सम्मेलन फेब्रअरी १ देखि ३ दिन सम्म सम्मेलन चल्नेछ ।
वार्षिक रुपमा दुई पटक आयोजना हुने कार्यक्रमअन्तर्गत हिउँदे युवा सम्मेलनको लागि करिब १ हजार विभिन्न राष्ट्रहरुबाट युवा प्रतिनिधिहरुको सहभागिता रहेको छ ।
उक्त युवा सम्मेलनलाई अस्ट्रेलिया तथा डेनमार्कले अनुमोदन गरेका छन् ।
उद्घाटन कार्यक्रममा सयुक्त राष्ट्र संघका महासचिवका प्रतिनिधि तथा मानार्थ सभाध्यक्ष सिमोना मिकुलेस्कूले उद्घाटन मन्तब्य राखिन ।
यसवर्षको युवा सम्मेलनको प्रकरण युवा गतिविधिमा २०३० कार्यसूची सिद्ध भन्ने रहेको छ । युवाबाट कार्य सुरु हुने भनिएको उक्त १९ औ सत्रको मुख्य ध्येय दिगो विकासको लागि परस्पर निर्भता तथा विश्व ब्यापकता भन्ने रहेको छ ।
छलफल उक्त कार्यसूची अन्तर्गत विश्वले सामना गरि रहेको बिषय वस्तुहरु गरीबी ,शिक्षा तथा दिगो उपयोग तथा उत्पादन सम्बन्धि गहन छलफल हुनेछ ।
















प्रतिक्रिया