१३ कार्तिक २०८३, शुक्रबार

शान्ति सेनामा गएका नेपाली मेजरले विदेशी महिला जवान जिस्काएपछि..

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

काठमाडौं, १९ माघ । नेपालीको छुकछुके बानी, कहिल्यै नजाने ! शान्ति सेनाअन्तर्गत लाइबेरिया मिसनमा खटिएका मेजर गणेश रायमाझी एउटी डच(नेदरल्याण्डकी) सैनिक युवतीमाथि यौन दुर्व्यवहार गरेपछि छानबिनमा परेका छन् । अनुसन्धान प्रक्रिया टुङ्गिनासाथ उनलाई नेपाल फर्काइने भएको छ। ती युवती पनि आफ्नो देशको तर्फबाट सोही मिसनमा खटिएकी थिइन ।

यसैबीच, नं ९ बाहिनी सिन्धुलीमा कार्यरत लेफ्टिनेन्ट कर्णेल सूर्य अधिकारीले अवकाशप्राप्त पूर्वप्रमुख सेनानी अनिरुद्रसिंह नगरकोटीको ३२ लाख लगानी गरिदिन्छु भनेर भुस बनाइदिएपछि परेको उजुरीउपर जंगी अड्डामा छानबीन शुरु भएको छ। पूर्वयुवराज दीपेन्द्र शाहसंगै भक्तपुर खरिपाटीमा (सि. सं २९) तालिम लिएकाहरुको पननि बिजोगका दिन शुरु भएको छ। यिनैमध्यका हुन्, रामजी थापा। धुञ्चेमा गणपति रहँदा तिब्बततर्फ रक्तचन्दन तस्करीमा संलग्नताको आरोपसहित जेल जीवन बिताए। हाल पोखरातिर जग्गा दलालीमा व्यस्त छन्।

दीपेन्द्रसंग तालिम गरेकै कारण ‘शाही बेसिक’ भनेर चिनिने उक्त टोलीकै हुन्, सबुज गण गजुरमा ‘नाचु’ नामले चर्चित गणपति रामेश्वर सुवेदी। पाहुना पुग्दा स्वागत गरेको नाममा एउटा फुलको मालाको हिसाब ६० हजार देखाए। कोकाकोला पिएको बिल ४० हजार बनाए। यसरी ४५ लाखको टोयोटा गाडी चढ्ने हैसियतमा पुगे । जनआस्था साप्ताहिकमा खबर छापिएको छ ।