काठमाडौँ, १९ माघ । खानेपानी तथा सरसफाइमन्त्री प्रेमबहादुर सिंहले मुलुकमा देखा परेको खानेपानीको समस्या समाधान छिट्टै हुने बताउनुभएको छ ।
वसन्त पञ्चमीका अवसरमा राष्ट्रिय नागरिक सरोकार केन्द्र नेपाल तथा एकता सदन इङ्ग्लिस बोर्डिङ स्कुलले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा संविधानले खानेपानीको अधिकारलाई मौलिक हकको रुपमा राखेकाले सरकार चाँडो खानेपानीको समस्या समाधानमा जुटेको बताउँदै उहाँले भन्नुभयो, “शिक्षा र खानेपानीको हकलाई मौलिक हकको रुपमा स्वीकार गरिएको छ, सरकार यो जिम्मेवारी पूरा गर्न प्रतिबद्ध छ । ”
बुद्धिजीवी देवेन्द्रराज शर्माले मुलुकको सामाजिक रुपान्तरणका लागि सही दिशानिर्देश गर्न सक्ने समुदाय विद्यार्थी भएकाले उनीहरुलाई उचित शिक्षा दिनुपर्ने बताउनुभयो । विद्यालयका प्राचार्य अर्जुनबहादुर अधिकारीले विद्यालयलाई शान्ति क्षेत्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिँदै मुलुकमा गरिबी, बेरोजगारीलगायत समस्या समाधान गर्न शिक्षालाई उत्पादनसँग जोड्नुपर्ने बताउनुभयो । रासस













प्रतिक्रिया