
धनकुटा, १८ माघ । गोली हानी हत्या गरेको अभियोगमा सोमबार प्रहरीले महाभारत–९ तरी टोलस्थित बस्दै आएको ४२ वर्षीय दिपबहादुर राईलाई पक्राउ गरेको छ ।
दिपबहादुरले गाँउघरमा स्थानियबासीहरुलाई टोकी हिँड्ने भुस्याहा कुकुरलाई मार्ने भनि भरुवा बन्दुक पड्काउँदा सोही ठाउँ बस्ने २९ वर्षीय मरिचमान राईको घट्नास्थलमै मृत्यु भएको थियो ।
घटना पश्चात् फरार भएका दिपबहादुरलाई खोजतलास गर्ने क्रममा प्रहरीले भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।












प्रतिक्रिया