
काठमाडौं, १८ माघ । प्रहरीले तीन जनालाई लागूऔषध सहित तीन जनालाई पक्राउ गरेको छ । तारकेश्वर नगरपालिका–१७ फुटुङ बस्ने ३० बर्षीय रमेश प्रजापती, उनीसंगै रहेका ललितपुर रिसिद्धी–९ बस्ने २१ वर्षीय राहुल महर्जनलाई पक्राउ परुका छन् ।
प्रहरीले उनीहरुलाई लागूऔषध नाईट्रोभेट १ सय ४० पत्ता (२१०० एम्पुल) सहित सोमबार पक्राउ गरेको हो । प्रजापतिले आफ्नै घरमा संचालन गरेको निओन्स नेवारी खाजामा घरमा लागूऔषध खरिद बिक्री गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त लैनचौरको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो ।
त्यस्तै, मकवानपुर हेटौडा उपमहानगरपालिका–१७ महेन्द्र राजमार्गस्थित रातोमाटेबाट भारत देवरिया किल्ला चौरा बस्ने २२ बर्षीय सोनुकुमार शाहीलाई पनि लागूऔषध चरेश जस्तो देखिने पर्दाथ सहिति पक्राउ गरेको छ ।
प्रहरी टोलीले हेटौडाबाट बिरगंजतर्फ जादै गरेको ना. ४ ख ४९९२ नम्वरको बसलाई मंगलवार चेकजाँच गर्ने क्रममा बसमा सवार शाहीलाई तीन किलो लागूऔषध चरेश जस्तो देखिने पर्दाथ सहित नियन्त्रणमा लिएको थियो ।
उनीहरुको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया