काठमाडौं, १७ माघ । गाविस सचिव हकहित संरक्षण केन्द्रले राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा गोविन्दराज पोखरेललाई ९ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ ।
गाविस सचिवहरुको सेवा सुविधा बृद्धि लगायतका माग पूरा नभएको भन्दै केन्द्रले पर्सीदेखि गाविसको काम ठप्प पार्ने बताएको छ ।
ज्ञापनपत्र बुझ्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा.पोखरेले भूकम्प अतिप्रभावित क्षेत्रमा दोस्रो किस्तावापतको करिब १२ अर्ब रुपैया बितरण गर्न पठाइसकेको भन्दै तत्काल आन्दोलन नगर्न आग्रह गरे । गाविस सचिवहरुले काम ठप्प पार्दा त्यसको प्रत्यक्षमार भूकम्पपीडितहरुलाईपर्ने भन्दै डा. पोखरेलले माग पूरा गर्न केही समय दिनुपर्ने बताए ।
प्रमुख कार्यकारी अधिकृत डा.पोखरेलले भने, ‘तपाईहरूको माग सम्वोधनका लागि मैले पनि पहल गर्छु तर समय नदिएर एकैपटक काम ठप्पपारी आन्दोलनमा जानु व्यवहारिक हुँदैन ।
प्राधिकरणले घर निर्माणका लागि दोस्रो किस्ताको अनुदान रकम बितरण गर्न गत शुक्रवार स्थानीय बिकास मन्त्रालयलाई अख्यिारी दिइ सकेको छ ।
दोस्रो किस्ताको आवास अनुदान रकम तत्काल बितरण गर्न प्राधिकरणले सरोकारवाला निकायलाई आग्रह गरिसकेको छ ।
गाविस सचिवहरुले काम ठप्प पारे भूकम्प प्रभावित क्षेत्रमा दोस्रो किस्ताको अनुदान बितरणकार्य प्रभावित हुनेछ ।
ध्यानाकर्षण पत्र बुझाउदै केन्द्रका अध्यक्ष दामोदर रिजालले बुधवारसम्म मागको सुनुवाई नभए गाविसको छाप बुझाएर काम ठप्पपारी आन्दोलनमा जानुको बिकल्प नभएको बताए ।












प्रतिक्रिया