१९ कार्तिक २०८३, बिहिबार

छोराले छुरा प्रहार गर्दा बाबुको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी, १७ माघ । आफ्नै छोराले छुरा प्रहार गर्दा धरान उपमहानगरपालिका–१५ पतनजली मार्ग बस्ने ४४ वर्षीय अटुराज कार्कीको मृत्यु भएको छ ।

उनलाई आइतबार उनकै २२ वर्षीय छोरा साईमन कार्कीले सामान्य बादबिबादमा पेटको बायाँ साईट र छातीमा छुरा प्रहार गर्दा गम्भीर घाइते भएकोले उपचारको लागि धरान घोपा अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।

छुरा प्रहार गर्ने फरार साईमनको प्रहरीले खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।