
अछाम, १६ माघ । पत्रकार महासंघ अछाम शाखाले नयाँ सदस्यता सिफारिस तथा नविकरण कार्यमा मनपरी गरेको भन्दै प्रेस चौतारी अछामले महासंघको शाखा कार्यालयमा तालाबन्दी गरेको छ ।
महासंघले विधान विपरित गैैर पत्रकारलाई समेत महासंघको सदस्यता नविकरण र वितरण गरेको प्रेस चौतारीको आरोप छ । प्रेस चौतारी नेपाल जिल्ला समिति अछामले आज विज्ञप्ती मार्फत सो कार्यको विरोध गर्नुका साथै महासंघको कार्यालयमा तालाबन्दी गरेको हो ।
प्रेस चौतारीका जिल्ला उपाधयक्ष कालु बोहराको नेतृत्वमा गएको टोलीले कार्यालयमा तालाबन्दी गरेको हो ।
पत्रकारिता क्षेत्रमा समेत नरहेका व्यक्तिलाई पत्रकार महासंघको सदस्यता बनाउनु लज्जास्पद भएको प्रेस चौतारी जिल्ला शाखाका अध्यक्ष टेकराज भण्डारीद्वारा हस्ताक्षतिर विज्ञप्तिमा भनिएको छ । नियमअनुसार सच्चिएर नगए आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ ।












प्रतिक्रिया