३१ आश्विन २०८३, शनिबार

पर्वत सेवा समाज इजरायलमा क्षेत्री

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


इजरायल, १६ माघ । मातृभूमिका लागि पर्वत सेवा समाज इजरायलको दोस्रो अधिवेशन नरेन्द्र क्षेत्रीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ ।

समाजको अधिवेशन शुक्रबार राति इजरायलस्थित तेलअभिवमा भएको थियो । नेपालको पर्वत जिल्ला घर भई रोजगारीको सिलसिलामा इजरायल रहेका पर्वतेली आबद्ध सो समाज बिगत दुई वर्षदेखि सामाजिक कार्यमा क्रियाशिल संस्था हो ।

नवगठीत कार्यसमिति निर्बिरोधा चयन भएको समाजकी निवर्तमान महासचिव दिया चापागाईंले जानकारी दिइन् । चापागाईंका अनुसार नवगठीत कार्यसमितिको बरिष्ट उपाध्यक्षमा दिया चापागाईं तथा उपाध्यक्षमा शान्ता सुवेदी र नारायण पौडेल चयन भएका छन् ।

यसैगरी महासचिवमा ज्योती शर्मा, सचिव पार्वती रोक्का, कोषाध्यक्षमा हिरादेबी श्रेष्ठ चयन भएका छन भने सदस्यहरुमा कुशुम कुमाल, प्रभा पौडेल, समिर छन्त्याल, राधा जोशी, निर्मला सुवेदी र शुसिला हमाल रहेका छन् ।

कार्यालय सचिवमा कोपिला भुसाल चयन भएकी छन भने समाजको सल्लाहकारमा निवर्तमान अध्यक्ष अनिरुद्र सुवेदी र निवर्तमान कार्यसमिति सदस्य रमा जोशी चयन भएको नवनिर्वाचित बरिष्ट उपाध्यक्ष चापागाईंले बताइन ।
सो अधिवेशनको इजरायलका लागि नेपालका कार्यबाहक राजदूत रामेश्वरप्रसाद पौडेलले उद्घाटन गरेका थिए । उदघाटन कार्यक्रममा बोल्दै

राजदूत पौडेलले मातृभूमिका लागि पर्वत सेवा समाज इजरायलले आफ्नो देश र ठाउँका लागि धेरै उल्लेखनिय कार्य गरेको भन्दै यस्तै खालको कार्यक्रम आउँदा दिनहरुमा पनि गरिरहन सुझाव दिए । उनले देशभित्र वा बाहिर जहाँ भएपनि हरेक ब्यक्तिले आ–आफ्नो ठाउँबाट मातृभूमिका लागि सक्ने काम गरेर देश विकास निर्माणमा सहयोग पुर्याउन आग्रह समेत गरे ।

समाजका अध्यक्ष अनिरुद्र सुवेदीको अध्यक्षतामा भएको सो कार्यक्रममा इजरायलमा रहेका विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि तथा कामको सिलसिलामा इजरायलमा रहेका नेपाली समुदायको उल्लेखनिय सहभागिता रहेको थियो ।
सो कार्यक्रमम समाजकी महासचिव दिया चापागाईंले सञ्चालन गरेकी थिइन भने स्वागत मन्तब्य उपाध्यक्ष नरेन्द्र क्षेत्रीले गरेका थिए ।