१९ कार्तिक २०८३, बिहिबार

गाउँ र समाजको विकास हामी आफैबाट गर्नुपर्छ : सांसद चौधरी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

देउखुरी, १६ माघ । दाङको देउखुरीस्थित जय गुरूदेव धर्म विकास संस्थाको प्रथम साधारण सभाले रामबहादुर चौधरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

थरुहट तराई पार्टी (लोकतान्त्रिक) की सांसद गंगा चौधरीको प्रमुख आतिथ्यमा शनिबार देउखुरीमा सम्पन्न भएको साधारण सभाले रामबहादुर चौधरीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । साधारण सभाले देउखुरीमा हुने समाज सेवा विषेश भूमिका खेल्ने निर्णय गरेको छ ।

संस्थाको साधारण सभामा सांसद गांगा चौधरीले देउखुरीको विकास आवश्यक रहेको भन्दै सामाजिक संस्थाहरूलाई क्रियाशील बनाइनुपर्ने बताइन् । उनले भनिन्, ‘समाजबाट हेरक कुराको सुधार र विकास आवश्यक छ । जय गुरूदेव धर्म विकास संस्थाले पनि समाजको विकासमा ठूलो भूमिका खेल्नेछ ।’ सांसद चौधरीले गाउँ समाजको विकासमा आफूबाटै सुरूवात गर्नुपर्ने बताइन् ।

१८ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्ष पुनराम खरेल, सचिवमा शालिकराम पराजुली, सहसचिवमा बेदनारायण चौधरी र कोषाध्यक्षमा श्रीमती गौरी चौधरी चयन भएकी छिन् ।

सदस्यहरूमा कृष्णलाल गुप्त हलवाई, विष्णुप्रसाद चौधरी, राहुलदेव चौधरी, मानप्रसाद थारु, ओमप्रकाश चौधरी, मंगलप्रसाद चौधरी, सुधिराम चौधरी, टुल्कबहादुर शाह, श्रीमती लीक्ष्मीदेवी चौधरी, श्रीमती सीतादेवी चौधरी, श्रीमती रामपति चौधरी र श्रीमती सन्नौली चौधरीय रहेका छन् ।

संस्थाको सल्लाहकारमा नन्दकुमार चौधरी, सांसद गांगा चौधरी र मोतीलाल चौधरीलाई चयन गरिएको छ ।