१ कार्तिक २०८३, आइतबार

स्ववियुको निर्वाचन कार्यक्रम सार्वजनिक, फागुन १४ गते मतदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ माघ । त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन फागुन १४ गते गर्ने निर्णय गर्दै कार्यतालिका सार्वजनिक गरेको छ ।

शिक्षाध्यक्षको कार्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयअन्तर्गत रहेको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन एवम् समन्वय समितिको निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने निर्णय गरेको हो । सम्पूर्ण क्याम्पसहरूमा स्नातक र स्नातकोत्तर तहको प्रथम वर्षमा विद्यार्थी भर्ना माघ १५ गतेदेखि बन्द गर्न निर्देशन दिइएको छ ।

निर्वाचन कार्यक्रमअनुसार फागुन १ गते मतदाता सूची प्रकाशित गर्ने, फागुन ३ गते एक बजेसम्म मतदाता सूची उपर दावी विरोध गर्ने, फागुन ५ गते ५ बजे अन्तिम नामावली प्रकाशित गर्ने, फागुन ४ गते ११ बजेदेखि ५ जबेसम्म उम्मद्वारको मनोनयन पत्र वितरण गर्ने रहेका छन् ।

त्यसैगरी, फागुन ५ गते ११ देखि ३ बजेसम्म उम्मेद्वारको मनोनयन पत्रको शिलबन्दी नामावली दाखिला गर्ने, फागुन ५ गते ५ बजे प्रत्यक्ष तर्फको उम्मेद्वारको नामावली प्रकाशित गर्ने,

फागुन ६ गते २ बजेसम्म उम्मेद्वारको नामावली उपर दाबी विरोध गर्ने अन्तिम समय, फागुन ६ गते ५ बजे अन्तिम नामावली प्रकाशित गर्ने, फागुन ८ गते १ बजेसम्म उम्मेद्वारको नाम फिर्ता लिने अन्तिम समय, फागुन ८ गते ४ बजे अम्मेद्वारको अन्तिम नामावली प्रकाशित गर्ने र फागुन १४ गते मतदान मितिको कार्यसूची सूचनामा उल्लेख छ ।