परासी, १४ माघ । अनेरास्ववियु नवलपरासीले जिल्लाका दुई क्रियाशिल पत्रकारलाई सम्मान गरेको छ ।
अनेरास्ववियु नवलपरासीले आज परासीमा गरेको प्रशिक्षण कार्यक्रमको अवसर पारेर सामुदायिक रेडियो परासीका समाचार प्रमुख मोहन पौडेल र सामथ्र्य साप्ताहिक कावासोतीका प्रकाशक सागर पोखरेललाई सम्मान गरेको हो । पत्रकार सागर पोखरेल प्रेस चौतारीका जिल्ला सचिव र मोहन पौडेल जिल्ला कोषाध्यक्ष हुनुहुन्छ ।
अनेरास्ववियुका पुर्व केन्द्रीय अध्यक्ष एवँ नेकपा एमालेका केन्द्रीय सदस्य ठाकुर गैरे, प्रशिक्षण विभागका केन्द्रीय सदस्य बद्री खनाल, एमाले जिल्ला सहसंयोजक थानप्रसाद गैरे र अनेरास्ववियुका जिल्ला अध्यक्ष शुसान्त शर्मा घिमिरेले संयुक्त रुपमा दुई पत्रकारलाई सम्मान गर्नुभएको हो ।
विद्यार्थी आन्दोलनलाई उचाईमा पुराउन, आन्दोलनबाट प्राप्त उपलब्धीलाई कार्यान्वयन गराउन, विद्यार्थीको हक हित र अधिकारका लागि सन्चार माध्यममार्फत पुराएको योगदानको उच्च सम्मान गर्दै दुई पत्रकारलाई सम्मान गरिएको अध्यक्ष शुसान्त घिमिरेले बताउनुभयो ।
अनुरास्ववियुका गतिविधि जनता सम्म पुराउन समेत योगदान रहेकाले पत्रकार पौडेल र पोखरेललाई सम्मान गरिएको अध्यक्ष घिमिरेले बताउनुभयो ।












प्रतिक्रिया