१९ कार्तिक २०८३, बिहिबार

शहिद व्यवस्थापनको अध्यक्षमा नाउ सर्वसम्मत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– आकाश देबकोटा

बाँके, १४ माघ । कम्दी ७ पदमपुर बाँकेमा रहेको रहेको श्री शहिद स्मारक उच्च माध्यमिक विद्यालयको अभिभावक भेला द्रारा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा जान अलि नाउ सर्वसम्मत रुपमा चयन भएका छन् ।

विद्यालयको अभिभावक भेलामा तिन जना सदस्य र दुईजना मनोनित सदस्यगरी पाँचजना चयन भएका छन् सदस्यहरुमा महेन्द्र शाहि,तारा क्षेत्री, सिता सापकोटा, अब्दूल वारी खाँ र अन्नपूर्णा गुप्ता रहनु भएको छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा चयन भएका नाउले विद्यालयको भौतिक र शौक्षिक सुधारमा गुणस्तरीयतामा आफनो पहिलो लक्ष्य रहेको बताउनु भयो ।

बाँकेको क्षेत्र नम्वर २ को बढी विद्यार्थी रहेको उक्त विद्यालयमा हाल ८५० जना विद्यार्थीहरु अध्ययन गरेका छन् । अभिभावक भेलामा जिल्ला शिक्षा कार्यलयका विद्यालय निरिक्षक खगेन्द्र बहादुर मल्लले विद्यालयमा शैक्षिक शुधारका कार्यक्रम गर्न समितिलाई सुझाव दिनु भएको छ । भेलामा स्रोत व्यक्ति मुनिर अहमद खाँ लगायतको उपस्थीती रहेको थियो ।

कार्यक्रमा अभिभावकहरुले अग्रजको सरसल्लाह र विद्यालयको समग्र हितमा काम गर्न आ आफना सुझाव राखेका थिए ।