३१ आश्विन २०८३, शनिबार

कृष्णपुरमा शहीद सप्ताह खुल्ला भलिबल प्रतियोगिता सुरु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महेन्द्रनगर, १४ माघ । कञ्चनपुरको कृष्णपुर नगरपालिका गुलरियामा शहीद सप्ताह खुल्ला भलिबल प्रतियोगिता शुरु भएको छ ।

शहीद दिवसको अवसरमा अखिल क्रान्तिकारी कञ्चन बहुमुखी क्याम्पसले शहीद सप्ताह खुल्ला भलिबल प्रतियोगिता आयोजना गरेको हो । अखिल क्रान्तिकारी कञ्चन बहुमुखी क्याम्पस इकाईका अध्यक्ष सागर सिहले शुक्रबारदेखि प्रतियोगिता शुरु भएको बताए ।

उक्त प्रतियोगितको अखिल क्रान्तिकारीका केन्द्रीय सचिव एव जिल्ला खेलकुद विकास समिति कञ्चनपुरका पुर्व उपाध्यक्ष राधाकृष्ण जोशीले उद्घाटन गरेका छन् । उद्घाटन गर्दै सचिव जोशीले खेलकुद क्षेत्रको विकास आवश्यक रहेको बताए ।

‘शहीदको सम्झनामा तपाईहरुले गरेको आयोजना सहराहनिय छ, ‘उनले भने, ‘यसबाट एकातिर शहीदको सम्मानका साथै स्थानीय खेल क्षेत्रको विकास हुन्छ ।’ अध्यक्ष सिहका अनुसार उद्घाटनका दिन तीन खेल भएका छन् ।

कञ्चन बहुमुखी क्याम्पसले कृष्ण उमाविलाई ०–२ले पराजित गर्दै जित शुरुवात गरेको छ । भने राप्रपाले अखिल क्रान्तिकारी सिद्धनाथ विज्ञान क्याम्पसलाई ०–२ र दुर्गा लक्ष्मी बहुमुखी क्याम्पस अत्तरियाले स्टार स्र्पोटलाई पनि ०–२ ले पराजित गर्दै जित शुरुवात गरेको छ ।

प्रथमलाई ११ हजार, १ सय ११, द्वितियलाई ४ हजार, ४ सय ४४ र तितृयलाई सान्तवनाका साथै मेडल, सिल्ड प्रदान गरिने छन् । उत्कृष्ठ खेलाडीलाई समेत पुरस्कार प्रदान गरिने छ ।

लिग चरणमा खेलाईने प्रतियोगिता माघ १९गते सम्म संचालन हुने छ ।