३१ आश्विन २०८३, शनिबार

दशरथचन्द स्मृति आमन्त्रण क्रिकेटः सेमिफाइनल खेल स्थगित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

बैतडी, १४ माघ । बैतडीमा जारी सहिद दशरथचन्द स्मृति यू १९ आमन्त्रण क्रिकेट प्रतियोगिता अन्तर्गत आज हुने भनिएका सेमिफाईनल खेलहरु बर्षाका कारण स्थगित भएका छन ।

आज बिहानै भएको बर्षाले मैदान तथा पिच भिजेका कारण सेमिफाईनल दुईवटै खेल स्थागित गरिएको अम्पाएर निरञ्जन बोहराले जानकारी दिनुभयो ।

मैदान सुकेपछी भोली सेमिफाईनल खेल गराईने उहाले बताउनुभयो ।

यसअघि आज बिहान निङ्गलाशैनी खेल मैदान, देहिमाण्डौंमा हुने खेलमा योङ्ग स्टार क्रिकेट क्लव, मेलौली र कालाशैनी क्रिकेट क्लव भिड्ने भएका थिए । भने बुढाबाजे खेल मैदान, रातामाटामा जगन्नाथ क्रिकेट क्लवसंग निङ्गलाशैनी क्रिकेट क्लव (एनसिसी) फाइनल प्रवेशका लागी प्रतिस्प्रर्धा गर्ने भएका थिए ।

सहिद दशरथचन्द स्मृती प्रतिष्ठानको आयोजनामा भईरहेको प्रगियोगितामा प्रथम पुरस्कार नगद ५० हजार, द्वितियलाई नगद २५ हजार र म्यान अफ द सिरिज एक जनालाई नगद पाँच हजार प्रदान गरिने प्रतिष्ठानका सचिव नरेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो ।

सहिद दशरथचन्दको सम्झनामा माघ ८ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो ।