१९ कार्तिक २०८३, बिहिबार

विशाल बजारबाट दिउँसै सुन चोरी गर्ने महिला पक्राउ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ माघ । काठमाडौँ महानगरपालिका–२५ विशाल बजारको भुई तलामा रहेको रामकृष्ण गोयलले संचालन गरेको शालिमार ज्वेलर्सबाट सुनको ब्रासलेट चोरी गरी फरार रहेकी कास्की पोखरा म्याग्दी चोक बस्ने ३५ बर्षीया ३५ बिमला पुनलाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार माघ १२ गते ग्राहक बनी आएकी पुनले सवा १ तोलाको ब्रासलेट चोरी गरी फरार भएकोमा विहिबार सोही स्थानको शुभलाभ ज्वेलर्समा सुनका गरगहना हेरीरहेको अवस्थामा महानगरीय प्रहरी बृत्त जनसेवाबाट खटिएको टोलीले शालिमार ज्वेलर्सबाट चोरी गरेको ब्रासलेट १ थान , नक्कली सुनका जस्तो देखिने ब्रासलेट १ थान, नेक्लेस १ थान १ र सिक्री १ थान सहित पक्राउ गरेको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।