नुवाकोट, १४ माघ । नुवाकोटमा एक पुरुषले रक्सी पिएर आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा लिखु–४ पुरानो गाँउ बस्ने २८ बर्षीय मान बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
मादक पदार्थ सेवन गरेका तामाङले शुक्रबार विहान २४ बर्षीया श्रीमती उर्मिला तामाङलाई उखुको डाँठले टाउको, ढाड र मुखमा प्रहार गरी हत्या गरेका थिए ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया