१ कार्तिक २०८३, आइतबार

भारतीय दूतावासभित्र रावल र यादवबीच घोचपेच

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ माघ । संविधान संशोधनको विषयलाई लिएर एमाले र मधेसी मोर्चाका नेताहरूबीच कडा आलोचना हुँदै आएका छन् ।

एमालेका नेताहरूले त मधेसी मोर्चालाई फकाउन सरकारले संसदमा टेबुल गरेको संविधान संशोधन प्रस्तावलाई राष्ट्रघातीको आरोप लगाएको छ ।

मधेसी मोर्चा पनि के कम एमालेलाई मधेसी जनताको अधिकार देख्नै नचाहने पार्टी भनेर मधेसबाट बढार्ने चेतावनी नै दियो । सुनसरी, सप्तरीलगायतका जिल्लामा मधेसी मोर्चाका स्थानीय नेता तथा कार्यकर्ताले एमालेविरुद्ध प्रदर्शन समेत गर्न भ्याए ।

यस्तो अवस्थाबाट गुज्रिएको एमाले र मधेसी मोर्चाको कटुतापूर्ण सम्बन्ध रहेका बेला शीर्ष नेताहरूको जम्का भेट हुँदा के गर्दा हुन् सबैमा चासो हुनु स्वभाविक हो । तर, तपाई हामीले सोँचेभन्दा धेरै शालीनताका साथ नेताहरू एकअर्काप्रति प्रस्तुत हुने गर्छन् । राजनीतिक मुद्दामा एमाले र मधेसी मोर्चाका नेताहरू सार्वजनिक कार्यक्रममा ‘कुटौला’ भनेजरी अभिव्यक्ति दिए पनि भेट भएका बेला भने अत्यन्तै सौहार्दपूर्ण अवस्थामा भलाकुसारी गर्ने गर्छन् ।

बिहीबार काठमाडौंको लैनचौरस्थित भारतीय राजदूतावासमा ६८औँ गणतन्त्र दिवसका दिन राजदूत रणजित रायले राखेको विशेष कार्यक्रममा एमालेका उपाध्यक्ष भीम रावल र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको भेट भयो । रावल र यादवले हाँसिमजाकमा एकअर्कालाई केही विषयमा छेडछाड गरे ।

एकजना प्रत्यक्षदर्शीकाअनुसार दुबै नेताहरूले संविधान संशोधन र स्थानीय निर्वाचनका विषयमा कुराकानी गरेका थिए । दुबैले लचकताका साथ प्रस्तुत हुन आग्रह गरेको स्रोतको भनाइ छ ।

सार्वजनिक कार्यक्रममा एमालेका नेता रावलले मधेसी मोर्चालाई ‘विखण्डनकारी’ गतिविधि गरेको समेत भन्न भ्याइसकेका छन् । संघीय गठबन्धनका संयोजकसमेत रहेका अध्यक्ष यादवले पनि एमालेलाई मधेसी जनता विरोधीको आरोप लगाइ सकेका छन् ।

यति कटू आलोचक नेताहरूको भेट देख्ने अन्य नेताहरूले मुलुकलाई यसैगरी मिलाएर लगे धेरै विवादहरू अन्त्य हुने ती प्रत्यक्षदर्शी नेताको भनाइ छ ।