काठमाडौं, १३ माघ । केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले संरक्षित वन्यजन्तु सालकको खपटा तथा सालकको खपटासहितको छाला सहित एक जनालाई पक्राउ गरेको छ ।
टोलीले नुवाकोट थानापती २ का २३ राजिव लामालाई पक्राउ गरेको हो । लामाको साथबाट सालकको एक थान खपटा र एक थान छाला बरामद गरिएको छ ।
काठमाडौं टोखाबाट पक्राउ परेका लामालाई आवश्यक कानूनी कारवाहीको लागि जिल्ला वन कार्यालय काठमाण्डौमा बुझाइएको प्रहरीले जनाएको छ ।
संरक्षित वन्यजन्तु सालक मार्ने तथा गैरकानुनी रूपमा यसका अंगहरू खरिद बिक्री, ओसार पोसार, एवं तस्करी गर्नेलाई ४० हजारदेखि ७५ हजार रूपैयाँसम्म जरिवाना वा १ देखि १० वर्ष सम्म कैद वा दुवै सजायको व्यवस्था छ ।












प्रतिक्रिया