२८ आश्विन २०८३, बुधबार

गणतन्त्र दिवसमा भारतका विभिन्न स्थानमा बम विष्फोट

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ माघ । भारतमा विहिबार ६८ औं गणतन्त्र दिवस मनाइरहेका बेला विभिन्न स्थानमा बम बिष्फोटन भएको समाचार प्राप्त भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार चौकसीको बीच उत्तरपूर्वी राज्य मणिपुरको राजधानी इन्फाल र असममा आज विहान पटक–पटक बम विष्फोट भएको छ ।

असममा लगातार छ पटक र मणिपुरमा दुई पटक बम विष्फोट भएको जनाइएको छ । तर, यसबाट मानिसहरु हताहत भएको सूचना भने आएको छैन ।

जानकारीअनुसार असममा विहान नौं बजेको आसपासमा भएको थियो । जबकी यसैसमयमा मणिपुरको राजधानी इन्फालमा पनि दुई पटक बम विष्फोट भएको थियो ।

एएनआईको सूचनाअनुसार मणिपुरमा पहिलो विष्फोट मन्त्रीपुखरी इलाकामा र दोस्रो मणिपुर कलेज नजिकै भएको थियो । अहिलेसम्म बम विष्फोट कसरी भएको भन्ने खुल्न सकेको छैन । असमका डीजीपी मुकेश सहायले असममा भएको सबै विष्फोट डिब्बु्रगढ़ जिल्लामा भएको बताए ।

उनले खाली स्थानमा बम विष्फोट भएकाले कसैलाई असर नगरको बताए । बम विष्फोका पछाडि उल्फा समूहको हात रहेको अनुमान गरिएको छ ।