१ कार्तिक २०८३, आइतबार

कांग्रेस सांसदको प्रश्न- नेपाल सरकार ‘दक्षिण प्रभु’का अगाडि लम्पसार परेको हो ?

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ माघ । बुधबारको संसदमा बैठकमा सत्तारुढ दलकै सांसदले सरकारको कडा अलोचना गरेका छन् । र, दक्षिण प्रभुसँग लम्पसार परेको आरोप लगाएका छन् ।

नेपाली कांग्रेसका सांसद धनराज गुरुङले भारतीय एयर मार्सल नेपालमा राख्नु आपत्तिजनक भन्दै नेपालका सुरक्षा निकाय निकम्मा भएका हुन् भनी प्रश्न गरे । उनले भने- ‘म सोध्न चाहन्छु ? के नेपालमा सुरक्षा निकायहरु निकम्मा बनेका हुन् ? वा नेपाल सरकार दक्षिण प्रभुका अगाडि लम्पसार परेको हो ?’

स्थानीय तहको निर्वाचनमा प्रमुख वा उपप्रमुखमध्ये एक महिला हुनुपर्ने प्रावधानले महिला सशक्तिकरण हुने चर्चा गर्दै ‘राष्ट्रिय एकतालाई बलियो बनाउन दलगत स्वार्थ लिनु नहुनेमा उनले जोड दिए ।

कांग्रेसकै सांसद रामहरि खतिवडाले ‘न्यायपालिका जनताको आस्थाका केन्द्र हो, यसलाई राजनीतिक आस्थाको केन्द्र बनाइनु हुँदैन’ भन्दै ‘देशलाई टुक्राउँछु भनेर हिँड्नेमाथि किन कारबाही हुँदैन ?’ भनी प्रश्न गरे ।

संसदमा कडा बोले सांसद गुरुङः

आजभन्दा ठिक एक महिनाअघि पर्यटन नागरिक उड्डयन मन्त्रालयका उच्च अधिकारीहरुको बैठक दिल्लीमा बसेको थियो । हवाई ट्राफिक र नयाँ रुटको बारेमा बसेको बैठकमा सूचीमै नभएको विषय भारतीय एयर मार्सल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राख्ने प्रबन्ध सम्बन्धी सम्झौता त्यहाँ कसरी उल्लेख हुनसक्यो ? यो अन्त्यन्तै गम्भीर विषय हो ।

बैठकमा सहभागी अधिकारीहरुलाई सुरक्षासम्बन्धी सम्झौता गर्ने अधिकार कसले दियो ? सरकारी अधिकारीसँग स्पष्टिकरण नसोध्नुको कारण के हो म सोध्न चाहन्छु ? के नेपालमा सुरक्षा निकायहरु निकम्मा बनेका हुन् ? वा नेपाल सरकार दक्षिण प्रभुका अगाडि लम्पसार परेको हो ? सरकार लम्पसार परेपनि यो संसद लम्पसार पर्न सक्दैन् । पर्न हुँदैन् ।

कुनै पनि बहानामा विदेशी सैन्य गुटले नेपाल आमाको छातिमाथि कुल्चिने कुरालाई सहन सकिदैन् । यसकारण नेपाल सरकारले सिंगो सदनलाई प्रष्टिकरण दिनुपर्छ । म प्रष्टिकरण माग्छु ।

आज यो मुलुकमा विखण्डनकारीको हावा चलाउन थालिएको छ । यो राष्ट्रको अखण्डतामाथि धावा बोल्न थालिएको छ । फ्रि मधेसको नाममा सीके राउतहरु हिडिरहेका छन् । तर, यो सरकार कानमा तेल हालेर बस्छ । अनि भन्छ सीके राउतहरुलाई जनताले नै तह लगाउँछन् । त्यसो भए यो सरकार के हेरेर बसेको यो सरकार पनि लम्पसार पर्न थालेको हो ?

राष्ट्रियताको सवालमा सत्ता पक्ष र प्रतिपक्ष हुँदैन् । यो जात र उ जात हुँदैन् । राष्ट्रियताको पक्षमा यो धर्म र उ धर्म हुँदैन् । पहाडी र मधेसी पनि हुँदैन् । यो वर्ण उ वर्ण पनि हुँदैन् । त्यसैकारण राष्ट्रियताको पक्षमा यो मुलुकका सबै शक्तिहरु एक ठाउँमा उभिनुपर्छ ।

हेर्नुस् भिडियो पनिः

https://www.youtube.com/watch?v=2J1TxEhcPTg