१ कार्तिक २०८३, आइतबार

सीके राउतलाई समयमै ‘ठेगान’ लगाउन राप्रपाको माग

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथकतवादी अभियन्ता सीके राउतलाई कारवाही गर्न माग गरेको छ ।

बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पछिल्लो समय राष्ट्रिय एकता र अखण्डतामा आँच पुग्ने गतिविधि भइरहेकोमा चिन्ता व्यक्त गर्दै त्यसबाट सचेत रहन र आवश्यक कदम चाल्न सरकारसँग माग गरेको हो ।

‘नेपालको राष्ट्रिय सार्वभौमिकता, अखण्डता र स्वतन्त्रतालाई चुनौति दिनेगरी तथाकथित स्वतन्त्र मधेसको नाममा भैरहेको गतिविधि संविधान र राष्ट्रिय हित विपरित छ,’ राप्रपाद्धारा जारी विज्ञप्तिमा भनिएको छ– ‘हाल अत्यन्त सुक्ष्म रुपमा रहेको भएतापनि यसलाई समयमै समाधान गर्न नसक्दा कलान्तरमा राष्ट्रिय सुरक्षाको निमित्त समेत गम्भीर खतरा बन्न सक्ने सम्भावनाबारे सचेत रहन सरकार र सम्बद्ध सबै पक्षसँग आग्रह गर्दछौं र राष्ट्रिय अखण्डता र एकता विपरितका कार्यहरु तत्काल रोक्न सरकारले प्रभावकारी कदम चाल्नुपर्छ ।’

बैठकले यथास्थितीमा संसदमा प्रस्तुत गरिएको संविधान संशोधन विधेयकको विपक्षमा उभिने निर्णय समेत गरेको छ ।

राष्ट्रिय अध्यक्ष बने प्रकाशचन्द्र लोहनी

यसैबीच बैठकले प्रकाशचन्द्र लोहनीलाई पार्टीको राष्ट्रिय अध्यक्ष नियुक्त गरेको छ । ‘राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर जबराले राष्ट्रिय अध्यक्षको पदबाट अलग हुन चाहनु भएकोले पार्टीको विधान बमोजिम बरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीलाई उक्त पदमा सहबरण गर्ने निर्णय गरेको छ,’ राप्रपाद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।