२९ आश्विन २०८३, बिहिबार

जबर्जस्ती सिन्दुर हालेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Marrige

बझाङ । बझाङ चौधारी–५ का अर्जुन खातीले गाँउमा चल्दै आएको परम्पराअनुसार आफूलाई मन परेकी सोही गाविस ४ का सूर्यकलाकुमारी रावललाई जबर्जस्ती तानेर बिहे प्रयासमात्र गरेनन् गोठसम्म पुर्याएर सिउँदोमा सिन्दुर पनि हालिदिए ।

उनको योजना थियो गोठमै भएपनि सिन्दुर हालेपछि खसी काटेर भोज गर्ने । तर, सूर्यकला सचेत भएका कारण अर्जुनले भोज गर्ने योजना पूरा गर्न पाएनन् ।

उमेर पुगेका युवक र युवतीबीचमा मिलेर सहमति भएमा परिवारले नमाने पनि बिहे गर्न रोकटोक हुन्न । तर सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा भने केटा पक्षलाई कुनै युवती मन परे जबर्जस्तीतानेर बिहे गर्ने चलन अझै कायम छ । अहिले पनि बझाङका लेकगाँउ, छान्ना, दौलीचौरलगायत दुर्गम गाँउमा युवतीलाई जबर्जस्तीतानेरै बिहे गर्ने चलन रहेको छ ।

यसैको पछिल्लो शृखंला हो अर्जुनको बिहे गर्ने प्रयास । उनले सोमबार मोरीबगरबाट घरतर्फ एक्लै जाँदै गरैकी सूर्यकलालाई बीच बाटोबाटै जबर्जस्तीतानेर बिहे गर्न स्थानीय महेश खाती लगायत साथीको सहयोग पनि मागेका थिए ।

अर्जुनले आधा बाटोसम्म तानेर लगेपनि सूर्यकलाले अस्वीकार गरेपछि बिहीबार घटना सार्वजनिक भएको हो । युवतीले बिहे गर्न नमानेपछि अर्जुनले साथीहरुको सहयोगमा लिएर जबर्जस्तीतान्दै भैंसी गोठसम्म पुर्याएर सिउँदोमा सिन्दुर भरेका थिए । जबर्जस्ती गर्दा उनको लुगासमेत च्यातिएको छ । सूर्यकला गाउँकै चौधारी उच्चमाविमा कक्षा १२ मा पढ्छिन् ।

सूर्यकला र उनका अभिभावक अर्जुनसँग बिहे गर्न राजी थिएनन् । सिन्दुर हालेपछि सूर्यकलाले आफूसँग बिहे गर्ने सोचेका थिए तर । तर सूर्यकलाले गाउँमै यस्तो चलनविरूद्ध बिद्रोह गरिन र उजुरी गर्न जिल्ला प्रहरीसम्म पुगिन । अन्नपूर्ण पोष्ट दैनिकबाट