काठमाडौं, १२ माघ । अन्टारटिकाको सर्बोच्च शिखर आरोहण तथा अन्टारटिकाकै अर्को चर्चित पर्बत माउन्ट रजम्यान आरोहण गरेका विश्व पर्वतारोही संजय पण्डितलाई बुधबार नेपाल पर्बतारोहण संघले एक लाखसहित सम्मानित गरेको छ ।
संघका अध्यक्ष आङ्ग छिरिंग शेर्पा तथा महासचिब ठाकुरराज पाण्डेले उक्त रकम बराबर चेक तथा सम्मान पत्र खादा लगाएर सम्मान गर्नु भएको थियो ।
संजयले सगरमाथा मनास्लु सहित बिस्वका १० विश्व शिखरहरु सफलतापूर्वक आरोहण गरेका छन् । पण्डितले अफ्रीकाको शिखर किलिमन्जारो र अस्ट्रेलियाको शिखर कोजीयसको उल्टो हिडेर आरोहण गरेका थिए । पण्डित उल्टो हिडेर हिमाल आरोहण गर्ने नेपालका पहिलो विश्व पर्वतारोही हुन् ।













प्रतिक्रिया