युएई । अबुधाबीस्थित नेपाली दूताबासले हुण्डी वा अन्य गैरकानूनी तवरले पैसा पठाउनेहरुको बारेमा जानकारी भएमा युएई सरकारलाई जानकारी गराउन समाजिक संजालमार्फत सूचना जारी गरेको छ ।
गैर कानुनी तरिकाले पैसा पठाउने २५ वटा पसलहरूलाई युएई सरकारले कारबाही गरेको समाचार स्थानीय गल्फ न्यूजमा छापिए पश्चात दूताबासले सामाजिक संजालमार्फत उक्त जानकारी गराएको हो ।
आबूदावीस्थित नेपाली राजदूताबासले युएईमा बिभिन्न पेशा ब्यबसायमा रहेका नेपालीहरूलाइ हुण्डी कारोबार नगरी सुरक्षित भरपर्दो बैङकीङ सेवा लिने बिज्ञप्ती मार्फत अनूरोध गरेको छ।
साथै बिज्ञप्तीमा भनिएको छ हूण्डीको कारोबारगर्नेहरूको सूचना यूएइ सरकारको सम्बन्धित निकाय को टोलफ्रि नम्बर 600 54 5555 मा र नेपाल सरकारको टोल फ्री नम्बर 009771177 जानकारी गराइदिन सबैमा अपील गरेको छ ।















प्रतिक्रिया