१९ कार्तिक २०८३, बिहिबार

कांग्रेसको महत समूहले भन्यो, ‘आन्दोलनमा हाम्रो संलग्नता छैन्’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ माघ । नेपाली कांग्रेस नुवाकोट जिल्ला कार्यसमितिले नुवाकोटमा स्थानीय तह पुनर्संंरचना आयोगको प्रतिवेदनका विरुद्धमा हाल जारी रहेको आन्दोलनमा आफ्नो कुनैपनि संलग्नता नरहेको स्पष्ट पारेको छ ।

जिल्ला कार्यसमितिमा केन्द्रीय सदस्य डा.रामशरण महत समूहले मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै कार्यसमितिले यस्तो जिकिर गरेको हो । समितिले विगत ९ दिनदेखिको बन्दको मार खेप्दै आएको नुवाकोट जिल्ला स्थानीय तह पुनर्संरचना आयोगले आधिकारिक खाका सार्वजनिक नभएको अवस्थामा माओवादी केन्द्र जिल्ला कार्यसमितिले गरिरहेको आन्दोलनमा आफ्नो पार्टीको संलग्नता नरहेको जानकारी स्पष्ट पारेको छ ।

नुवाकोट जिल्लाका खानीगाउँ, चौडाँडा र लिखुगाउँलाई मिलाएर लिखु गाउँपालिका बनाउने निर्णय भएको र पछिल्लो समयमा लिखुगाउँलाई अलग बनाएको समाचार आएको आधारमा आन्दोलन भैरहेको कार्यसमितिले दाबी गरेको छ ।

कांग्रेसका युवा नेता रमेशकुमार महतले नुवाकोटबाट स्थानीय राज्य पुनसंंरचनाले दिएको खाँकालाई नमान्ने हो भने ७५ जिल्लाामा आगो बल्ने चेतावनी दिए ।

उनले भने, ‘नुवाकोटमा जारी आन्दोलनले देशभरि नै सकारात्मक सन्देश दिँदैन्, अर्कोतर्फ संघीयताको कार्यान्वयनको बिरोधमा उभिएको ठहरिन्छ, हाम्रो पार्टीको आधिकारिक निर्णय भएको छैन्, कोही नेता त्यहाँको जनप्रतिनिधिको हैसियतामा बोल्दैमा कांग्रेसको संलग्नता रहेको भ्रम नपरोस् ।’

बैकुण्ठ मिश्रले जिल्लामा भैरेहको अनैतिक क्रियाकलापको विपक्ष कुनैपनि काम गर्न पछि नपर्ने भन्दै तत्काल बन्द फिर्ता लिएर शान्तिपूर्ण तरिकाले आफ्ना अधिकारहरूको लागि लड्न आग्रह गरे ।

नेपाल महिला संघ नुवाकोटकी अध्यक्ष कल्पना नेपालीले सडक बालेर समस्याको समाधान नहुने भन्दै बन्दकर्तालाई वार्ता र छलफलको माध्यमबाट निकास खोज्न आग्रह गरिन् ।

कार्यक्रममा अर्जुन न्यौपाने, ध्रुब श्रेष्ठ, प्रेम रिमाल, समन गिरी, उत्तम पाठक लगायतले आफ्ना धारणा राखेका थिए ।