एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको एक ट्वीटको विषयलाई लिएर सामाजिक सञ्जालमा उनको खिल्ली उडाइएको छ ।
राष्ट्रपतिको कार्यभार सम्हालेपछि उनले गरेका सुरुआती ट्वीटहरुमध्ये एक ट्वीमा ‘अनर्ड’ शब्दको स्पेलिङ्ग गल्ती लेखेका छन् । यहि विषयलाई लिएर नै सामाजिक सञ्जालमा उनलाई अनपढ भन्दै खिल्ली उडाइएको हो ।
उस्तै पनि अमेरिकाका केही शहरमा उनी विरुद्ध प्रदर्शन भएका छन् । कार्यभार सम्हालपछि ट्रम्पले ट्वीट गरेका थिए ‘अमेरिकाको ४५ औं राष्ट्रपतिको तर्फबाट महान अमेरिकी जनताको सेवा गर्ने अवसर पाएकोमा सम्मानित भएको महशुस गरिरहेको छुँ ।’
यसै ट्वीटमा उनले ‘अनर्ड’ को स्पेलिङ्ग गल्ती लेखेका छन् । यद्यपी उनले सो पोष्ट डिलेट गरेर सही स्पेलिङ्ग सहितको पोष्ट राखेका थिए ।
एक ट्विटर प्रयोगकर्ताले लेखे– ‘सुखद अफसोस, चार वर्षसम्म अब यस्तै हुनेछ ।’ एक अर्काले पनि ७० वर्षीय रिपब्लिकन नेता अहिलेसम्मकै सबैभन्दा अनपढ राष्ट्रपति भएको भनेर लेखे ।
यो भन्दा पहिले डिसेम्बरमा पनि ट्रम्पले चीनलाई लिएर गरेको ट्वीटमा गलत स्पेलिङ्ग लेखेका थिए ।













प्रतिक्रिया