
काठमाडौं, ११ माघ । संघीयतामा कर्मचारीको व्यवस्थापन तथा समायोजन गर्दा एक तह बढुवा दिनका लागि लबिङ सुरु भएको छ ।
आधिकारिक ट्रेड यूनियनले नै संघीयताको समायोजनको क्रममा एक तह बढुवा दिनपर्ने निर्णय गरेर लबिङ सुरु गरेको छ । दृष्टि साप्ताहिकले समाचार छापेको छ ।
गत शुक्रबार सामान्य प्रशासन मन्त्रीसँगको छलफलमा आधिकारिक ट्रेड यूनियनका पदाधिकारीहरूले संघीयतालाई सफलताका साथ कार्यान्वयन गर्न एक तह बढुवा दिनपर्ने प्रस्ताव राखेका छन् ।
कर्मचारीलाई डरत्रास देखाएर काम लगाउनेभन्दा प्रोत्साहन गरेर काम गराउन एक तह बढुवा दिनुपर्ने कर्मचारी नेतहरूको जोड छ ।












प्रतिक्रिया