काठमाडौं, ११ माघ । सुन तस्करीको आरोपमा पक्राउ परेका काभ्रेका रामहरि कार्की दोहोरी साँझका सञ्चालक भएको खुलेको छ ।
विमानस्थलबाट भित्रिएको साढे ३३ किलो सुन तस्करीको आरोपमा सीआईबीले उनलाई दुई साताअघि पक्राउ गरेको प्रहरीले जनाएको छ । दृष्टि साप्ताहिकले समाचार छापेको छ ।
विमानस्थलमा सेटिङ मिलाएर सुन तस्करी गर्ने गिरोहका कार्की उच्चस्तरका व्यक्ति हुन् । प्रहरी स्रोतका अनुसार गोपालबहादुर शाही सन्तोष काफ्ले र दीनबन्धु थापाले विदेशबाट ल्याएको सुन उनै कार्कीलाई दिने गरेका थिए ।
कार्कीले न्यूरोडका सुन पसलमा बिक्री गर्दै आएका थिए । त्यसरी तस्करीको सुन किन्ने व्यापारीहरूको अहिले भागाभाग छ ।













प्रतिक्रिया