२९ आश्विन २०८३, बिहिबार

वल्र्डलिंक कम्युनिकेसन्स् २० औँ वर्षमा प्रवेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० भदौ । वल्र्डलिंक कम्युनिकेसन्स् प्रालिले आज आफ्नो १९ औं वार्षिक दिवस मनाइरहेको छ ।

‘सबैलाई जहाँ पनि र जहिले पनि जोड्ने’ लक्ष्य राखेर वि.सं २०५२ सालमा एक कोठा र दुईवटा कम्प्यूटर बाट सोवा शुरु गरेको यस संस्थाले हाल देशका ६३ जिल्लामा सेवा विस्तार गरिसकेको छ ।

त्यसैगरी यो संस्थाले ४ सय ५० भन्दा बढी कर्मचारीलाई रोजगारी प्रदान गर्दै आएको छ ।

आफ्नो उत्कृष्ट सेवाले ग्राहकको जीवन शैली अझ सम्बृद्ध बनाउने उद्दश्य रहेको वल्र्डलिंकले आफ्नो सेवा नेपालकै सबैभन्दा गुणस्तरीय सेवा हुने विश्वास लिएको दाबी गरेको छ ।

घरायसी प्रयोजनको लागि ५, १० र २५ एम.बी.पी.एस को सेवा उचित मुल्यमा ल्याइसकेको वल्र्डलिंकले आफ्नो १९ औं वार्षिक उत्सवका अवसरमा डबल जुम अफर बजारमा ल्याएको छ ।

केबल जुम र फाइबर जुमको १० र २५ एम.बी.पी.एस प्लानमा जति डाटा भोल्युम खरिद ग¥यो उति नै बरावरको डाटा भोल्युम सितैमा पाउने योजना ल्याएको वल्र्डलिंकले बताएको छ ।

५ एम.बी.पी.एस प्लानमा भने ५० प्रतिसत मात्रै बढी पाउन सकिनेछ । रु.तीन हजार पर्ने जडान खर्चको हकमा भने वार्षिक ग्राहकले शत प्रतिशत छुट, त्रैमासिकलाई रु. दुई हजार र मासिकलाई रु. एक हजार छुट पाउन सक्नेछन् ।

यो अफर केही समयको लागि मात्रै उपलब्ध हुने वल्र्डलिंकले जनाएको छ ।