१९ कार्तिक २०८३, बिहिबार

किर्ते बाबुसहित किशोरीको उद्धार

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सीताराम चौधरी

कृष्णनगर (कपिलवस्तु), १० माघ । किर्ते बाबुसँग भारत हिँडेकी एक किशोरीलाई कपिलवस्तुको कृष्णनगर सीमा नाकाबाट उद्धार गरिएको छ । उद्धार गरिएकी किशोरी पाल्पा दोभान बस्ने कल्पना (नाम परिवर्तन) रहेकी छन् ।

मानव अधिकारको क्षेत्रमा कार्यरत के.आई. नेपाल र कृष्णनगर प्रहरीको संयुक्त टोलीले किर्ते बाबुसहित किशोरीलाई उद्धार गरेको हो ।

किशोरी भारतको पञ्जाब जान लागेको बुझिएको छ । किशोरीसँगै बाबु नाता बताउने पूर्ण बहादुर दर्जी रहेका थिए । सीमाक्षेत्रमा भारत प्रवेशमा रोक लगाएपछि सोधपुछका क्रममा दर्जीले बाबु–छोरीको नाता रहेको बयान दिएको केआई संयोजक केशर विश्वकर्माले जानकारी दिनुभयो । छोरीलाई कृष्णनगरसम्म छोड्न आएको दर्जीले भनाई रहेको विश्वकर्माले बताउनुभयो ।

किशोरीको नागरिकतामा बाबुको नाम भने हरिबहादुर दर्जी भएको केआई संयोजक विश्वकर्माले बताउनुभयो । शंकाष्पद देखिएपछि थप अनुसन्धानका लागि किर्ते बाबुछोरीलाई इलाका प्रहरी कार्यालय कृष्णनगरको जिम्मा लगाएको केआई उहाँले बताउनुभयो ।

यता इलाका प्रहरी कार्यालयले किशोरीको बाबु हरिबहादुर दर्जीसँग सम्पर्क हुन नसकेपछि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पाल्पा पठाइएको प्रहरी निरीक्षक सञ्जय रिजालले जानकारी दिनुभएको छ । रिजालका अनुसार नागरिकता पाल्पामा जारी भएको हँुदा थप अनुसन्धान गर्न पठाएको हो ।

यसैबीच केआई नेपालले नेपाल प्रहरीको सहयोगमा गत साता मात्र ५ युवतीहरुको उद्धार गरेको छ । परिवारलाई जानकारी नदिई भारतको दिल्लीतर्फ हिँडेका रामपुर–८ दाङ्गका २ किशोरी, धनगढी नपा २० कैलालीकी १ किशोरी, कपिलबस्तु बाणगंगाकी १ र बयरबन ८ मोरङकी १ किशोरीलाई उद्धार गरी अभिभावकको जिम्मा लगाएको केआई संयोजक विश्वकर्माले बताउनुभयो ।