– नरेश केसी
भैरहवा, १० माघ । रुपन्देहीका कर्मचारीहरुले सरकारले छिट्टै निर्वाचन गरेर स्थानिय निकायमा जनप्रतिनिधी पठाएमा मुलुकको विकास अझै तिब्र गतिमा हुने बताएका छन् ।
सिद्धार्थनगर नगरपालिका भैरहवाको आगामी आर्थिक बर्ष २०७४–०७५ को बार्षिक बजेट सार्वजनिकरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी स्थानिय विकास अधिकारी युवराज सुवेदीले भने ‘स्थानियका निकायमा तत्काल जनप्रतिनिधी पठाइयोस् ।’
सो अवसरमा सिनपाका कार्यकारी प्रमुख राजनितीक दलका नेताहरु तत्काल जनप्रतिनिधीको रुपमा आएर स्थानिय निकायमा सक्रिय हुने वातवरण बन्ने वातवरण बनेमा अझै विकासले फड्को मार्ने बताए ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका सभापति शेरबहादुर केसीले सिनपाको बजेट विकासकालागी प्रायाप्त भएकोले त्यसको सहि र समयमै प्रयोग गरेमा सिनपा मुलुककै नमूना नगरपालिका बन्ने विश्वास व्यक्त गरे । कार्यक्रममा पर्यटन व्यवसायीहरुको तर्फबाट सन्जय बजिमयले पर्यटकीय नगर सिनपालाई अझै व्यवस्थीत र सुन्दर बनाउनु आवश्यक भएको बताए ।
सधैं लडाइ झगडा गर्ने दलीय मन्चमा विराजमान दर्जर्नौ फरक दलका नेताहरुले आपसी सल्लाहमा शुभकामना मन्तब्य राखेका कांग्रेसका नगर सभापति दिलीप धितालले सरकारले छिट्टै निर्वाचन गरेर स्थानिय निकायको विकासमा गरेको प्रतिबद्धता लागुगर्नुपर्ने बताए । उद्योग व्यापार संगठनका अध्यक्ष नारायण भण्डारी र सिद्धार्थ उद्योग वाणिज्य संघका महासचिव भिस्म न्यौपानेले नगरको विकासकोलागी निजी क्षेत्र नपासंग हातेमालो गर्न तयार भएको बताए ।
सिनपाको बजेट सामाजिक क्षेत्रमा लक्षीत
सिद्धार्थनगर नगरपालिकाले सोमबार सार्वजनिक गरेको बजेट सामाजिक क्षेत्र तर्फ लक्षित भएको छ । नपाको बजेटमा वृद्धाहरुको सम्मानमा ८५ वर्ष कटेका वृद्धालाई एकमुष्ठ ५ हजार दिने कार्यक्रम सार्वजनिक भएको छ । यसका साथै लक्षित वर्गकोलागी पनि बजेटमा प्रायाप्त बजेट विनियोजन भएको छ । सिनपाले कुल १ अर्ब १२ करोड ३१ लाख ८ हजार रुपैयाँ सार्वजनीक गरेको छ ।
उक्त बजेट मध्ये प्रशसानिक तर्फ ६ करोड, ६३ लाख ६० हजार रुपैयाँ, चालु तर्फ ७ करोड ४१ लाख ८५ हजार रुपैयाँ चालु र पुजिगत तर्फ ९८ करोड २५ लाख ६३ हजार रुपैयाँ रहेको छ ।
२० औ नगर परिषदले स्विकृत गरेको बजेट, वार्षिक निती तथा कार्यक्रम सोमबार सार्वजनिक गर्दै नगरपालिकाका कार्यकारी अधिकृत गोपाल प्रसाद रेग्मीले आगामी आर्थिक बर्षमा भौतिक पुर्वाधार निमार्णमा जोड दिईएको बताए ।
त्यस्तै आन्तरीक आय तर्फ कर, दस्तुर, शुल्क गरी ८ करोड २ लाख २० हजार, नेपाल सरकारको अनुदान तर्फ १२ करोड ५७ लाख ३८ हजार, राजस्व बाडफाड तर्फ १ करोड ५० लाख , सडक बोर्ड तर्फ १ करोड, एकीकृत शहरी विकास आयोजना तथा क्षेत्रिय शहरी विकास आयोजना तर्फ एशियाली विकास बैंकको अनुदान ८० करोड २३ लाख (एकीकृत शहरी विकास आयोजना तर्फ ११ करोड ८३ लाख र क्षेत्रीय शहरी विकास आयोजना तर्फ ६८ करोड ४० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको उनले बताए ।
त्यस्तै उनका अनुसार नगर विकास कोषको ऋण २ करोड २१ लाख, नगर विकास कोषको सहयोगमा संचालित अन्य योजनाहरुमा अनुदान गरी २५ लाख तथा समाजिक सुरक्षा भत्तामा ५ करोड ३५ लाख ५० हजार रुपैयाँ प्राप्त हुनेछ ।
यस्तै एलजीसीडीपी तर्फ सामाजीक परीचालक कार्यक्रमका लागी ६५ लाख, जिल्ला बिकास समितीबाट प्राप्त हुने अनुदान ४० लाख र लागत सहभागीता बापत स्थानिय समुदायबाट १२ लाख प्राप्त हुने अनुमान समेत आगामी बर्षको बजेटमा गरीएको छ ।
आगामी आर्थीक बर्षमा भौतीक पुर्वाधार तर्फ ९७ करोड, ४५ लाख ३८ हजार र सामाजिक बिकासमा ७ करोड ४१ लाख ८५ हजार रुपैयाँ बजेट नगरपालिकाले स्विकृत गरेको छ ।
भौतीक पुर्वाधार तर्फ विनियोजित रकम मध्ये सडक, ढल र फोहोर मैला प्रशोधन केन्द्रमा ९७ करोड ४५ लाख ३८ हजार, नियमित सरसफाई (खुल्ला दिशामुक्त कार्यक्रम समेत) तर्फ १ करोड ५ लाख, सडक बत्ती व्यवस्थापनका लागि २५ लाख रुपैयाँ बजेट स्विकृत भएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख रेग्मीले बताए ।
त्यस्तै नगरपालिकाले सामाजिक बिकास अन्र्तगत महिला, बालबालिका, दलित, जनाजाति अपागं, जेष्ठ नागरीक, मुस्लिम लगायत गरी लक्षित बर्गको बिकासका लागी ४७ लाख ५० हजार रुपैयाँ स्विकृत गरेको छ ।
कार्यक्रममा नेपाल सरकारद्धारा तराई जिल्ला सदरमुकाममा प्रदान गर्ने ५० करोडको बजेट पनि विनियोजन गरी कार्यवाही प्रक्रिया अगाडी बढाइएको प्रमुख रेग्मीले बताए ।
सिद्धार्थ श्रमजिवी पुरस्कार रायमाझीलाई
सिद्धार्थ नगरपालिकाद्धारा स्थापित सिद्धार्थ श्रमजीवी पत्रकारीता पुरस्कारबाट रासस का सिद्धार्थनगर संवाददाता कमल रायमाझी पुरस्कृत भएका छन् ।
नगरपालिकाद्धारा स्थापित तथा नेपाल पत्रकार महासंघ रुपन्देहीको समन्वयमा प्रत्येक बर्ष बितरण हुदै आएको उक्त पुरस्कार २०७२ रायमाझीलाई प्रदान गरीएको हो ।
नगरपालिकाले आयोजना गरेको आगामी आर्थिक बर्षको बजेट सार्वजनीकी करण समारोहमा सोमबार भैरहवामा पत्रकार रायमाझीलाई ५ हजार नगद सहित उक्त पुरस्कार प्रदान गरीएको हो ।
पत्रकार रायमाझी राससका अतिरिक्त लुम्बिनीखबर पत्रिकाका सह सम्पादकको रुपमा विगत एक दशक देखि पत्रकारीता क्षेत्रमा कलम चलाउँदै आएका छन् । सो पुरस्कारकोलागी नेपाल पत्रकार महासंघले अग्रज पत्रकार नारायण सापकोटा संयोजक, प्रा.डा. गितु गिरी र दिपक घिमिरे सदस्य रहेको मूल्यांकन समिती गठन गरेको थियो । सोही समितीले सिफारिश गरेको आधारमा रायमाझीलाई पुरस्कृत गरिएको थियो ।
१०४ वर्षिय वृद्धा, ७ जना कर्मचारी र २ जना करदाता सम्मानित
सिद्धार्थनगरपालिकाले नगरमा बसोबास गर्ने एकजना १०४ वर्षिय वृद्धालाई सम्मान गरेको छ । सिनपा ९ निवासी गंगामाया रेश्मी मगरलाई नगद ५ सहित दोसल्ला ओढाएर सम्मान गरेको हो । सोहि अवसरमा नगरपालिकामा सबैभन्दा धेरै कर तिर्ने करदाता सिताराम उप्रेती र संस्थागत तर्फ युसिएमएस भैरहवालाई पनि सम्मान गरेको हो । उक्त कार्यक्रममा सिनपा कार्यलयमा रहेर उत्कृष्ट काम गर्ने कर्मचारीहरु सन्तोष गुरुंग –लेखाअधिकृत) , विष्णु गुरुंग –नासु), योगराज पन्थि( नासु), लक्ष्मण गिरी –नासु), ओमप्रकाश शर्मा (खरिदार), भोला प्रसाद बरई (खरिदार) र कार्यालय सहयोगी राजकुमार नाउलाई जनहि ५ हजार सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा रुपन्देहीका स्थानिय विकास अधिकारी युवराज सुवेदीको प्रमुख अतिथ्यता एवं नगरस्तरीय राजनितिक दलका प्रमुख, संघसंस्था प्रमुख, नगरवासी तथा नेपाल पत्रकार महासंघ रुपन्देहीका सभापति शेरबहादुर केसी लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सन्चाल नपाका सूचना अधिकृत देव प्रसाद ज्ञवालीको सन्चालन तथा वरिष्ठ इन्जिनियर शैलेन्द्र प्रसाद श्रेष्ठको स्वागतमा सम्पन्न भएको थियो ।















प्रतिक्रिया