जेनेभा । बिश्व स्वास्थ्य संगठन कार्यकारी बोर्डको १४० औं सेसनमा भाग लिन आइतबार जेनेभा आएका स्वास्थ्यमन्त्री गगन थापाले आगामी माघ सात गतेभित्र तीनै तहको निर्बाचन गर्ने दाबी गरेका छन् ।
नेपाली जनसम्पर्क समिति स्विटजरल्याण्डको आयोजनामा गरिएको अन्तरक्रिया तथा भेटघाट कार्यक्रममा थापाले नेपालमा स्थानीय चुनाव पहिला हुने बताए ।
उनले भने, ‘आगामी माघ ७ भित्रमा ३ तहकै चुनाब भएन भने त्यसको म्याद थप्न नमिल्ने र संबिधान खारेज हुने साथै २००७ को अबस्था आउने हुनाले यथाशीघ्र सबै दल मिलेर चुनाबी वाताबरण मिलाउनु पर्छ ।’
उनले अहिलेको अवस्थामा संविधान कार्यन्वयन गर्नु सबैको जिम्मेवारी भएको बताउँदै संविधान कार्यन्वयन र स्थानीय तहको निर्वाचनमा कुनै पनि दल सत्तापक्ष र प्रतिपक्ष हुनु नहुने बताए ।
संविधान जारी भएदेखि नै मधेसमा आन्दोलन चर्किएकोले उनीहरुको मागलाई व्यवस्थापन गर्न नसक्दा समस्या सिर्जना भएको उनले बताए । मधेशमा रहेका युवाहरुमा विभेद भयो भनेर रिस छ त्यसलाई पेलेर जानुभन्दा पनि राजनीतिक सम्बादमार्फत मात्र त्यसको हल हुने उनले बताए ।
नेपाली जनसम्पर्क समिति स्विटजरल्याण्डका अध्यक्ष राम महतोले स्वास्थ्य मन्त्री बनेपछि स्वास्थ्य क्षेत्रमा कस्तो अनुभब पाउनुभयो भन्ने प्रश्नमा मन्त्री थापाले भभने, ‘कृषिमा काम अनि ज्ञान भएको तर यो मेरा लागि बिल्कुलै नयाँ जिम्मेवारी हो । पहिलो दिन स्वास्थ्य मन्त्रीको रुपमा आफ्नो काम सुरु गरेपछि मन्त्रालयको बिफ्रीङ सुन्दा मलाई डर लागेको थियो । मैले बिभिन्न च्वाईस मध्येमा स्वास्थ्य मन्त्रालय रोज्न पुगेको थिए । यहाँको कम्प्लेक्ससिटी देखेर डर लागेको अवस्था थियो । तर त्यो क्षेत्र भित्र भएका कुराहरु नजिक बाट निहाल्न पाएँ ।’
उच्च प्राथमिकता रहेको सबै प्राथमिक स्वास्थ्य केन्द्रमा मेडिकल अफिसर (एमबिबिएस डाक्टर) र जिल्ला तथा अञ्चल अस्पतालमा विशेषज्ञ डाक्टर पुगाउनु रहेको भन्दै थापाले २३ वटा प्राथमिक स्वास्थ्य केन्द्रमा त कागजमा पनि डाक्टर नभएको अवस्था रहेको बताए ।
‘छात्रबृत्तीमा पढेर आउनु भएका डाक्टरहरु एकै जिल्ला अर्थात राजधानीमा थुप्रेर बसेको अवस्था रहेको छ । उहाँहरुलाई खाली ठाँउमा खटाउने निर्णय गरी काम सुरु गरिरहेका छौ । विशेषज्ञ डाक्टरको हकमा एउटा समग्र पिक्चर तयार गरी कुनै दबाब, प्रभाव र राजनीतिक आग्रहमा नपरी नीति नियम भित्र रहेर काम गर्नु पर्ने भएको छ’, मन्त्री थापाले भने ।















प्रतिक्रिया