२८ आश्विन २०८३, बुधबार

ट्रम्पलाई अमेरिकी सेनाले पनि रुचाएन, सपथमै यस्तो व्यवहार

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ माघ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले भारी विरोधको सामना गर्नु परेको छ । उनकाविरुद्ध कतिपय ठाउँमा रेलिङ्ग समेत भाँचिएका छन् ।

यसैबीच एक नयाँ जानकारी अगाडि आएको छ । जहाँ अमेरिकी सेनाले भने उनलाई उपेक्षा गरेको छ ।

जब ट्रम्प राष्ट्रपतिको तर्फबाट पहिलो भाषण राख्दै थिए तब सो समयमा उनको पछाडि केही सैनिकको गतिविधि फरक तरिकाको थियो । अमेरिकी सेनाका धेरै मानिस पनि ट्रम्पको निर्वाचनबाट खुशी छैनन् । ट्रम्प जसरी अफ्नो भाषण सुरू गरे, ठीक त्यहि बेला सुरक्षा बलका केही सदस्य आएर उनको पछाडि आएर उदासीन रूपमा उभिए ।

देख्ने मानिसले त यसलाई स्वभाविक तरिकाले लिएका होलान्, तर, त्यहाँ देखिन सबै जवान अस्वभाविक तरिकाले उभिएका थिए । तयसपछि त्यहाँ सेनाको बर्दीमा एक जवान आए । त्यहाँ एक जवान आएपछि सबै जवान पछाडि गए र उनले पनि केही भने ।

एक जवानले सिर हल्लाए र पुनः बाँकी सबै जवान ट्रम्पको भाषण सकिनु अगावै गएका थिए । यो सबै गतिविधि ट्रम्पकै पछाडि भइरहेको थियो । तर, ट्रम्पले यसबारेमा चाल पाउन सकेनन् र आफ्नो भाषण राखिरहे ।

ट्रम्पले भाषण गर्न शुरुआत गर्ने बेला बराक र मिशेल ओबामाको सत्ता परिवर्तनमा सहयोगका लागि धन्यवाद इिरहेका थिए । वर्षाबाट बच्नका लागि बुश र हिलारी दुवैजनाले प्लास्टिक कबर खोलिरहेका थिए ।

ट्रम्पले भने ‘आजको कार्र्यक्रमको खास महत्व छ । आज सत्ता केवल एक प्रशासनबाट दोस्रो प्रशासनको हातमा वा एक पार्टीबाट दोस्रो राजनैतिक दलका साथ गइरहेको छैन हामी आज वाशिंगटन डीसीबाट लिएर तपाई, जनतालाई सत्ता सुम्पिरहेका छौं ।’ सोही समयमा सेना केही जवान ट्रम्पको पछाडि गइरहेको देखिए ।

यसबीचमा सेनाका एक अन्य जवान माथि मञ्चमा चढेर उनै जवानसमक्ष आए र सबैलाई एक एक गरि केही कुरा भने । उनका कुरा सुनेर एक जवानले शिर हल्लाए । यो सबै के थियो भन्ने बारेमा कुनै कुरा बाहिर आएको छैन । यति चाँही साँचो हो कि यो कुनै नियमित कार्वाही भने होइन ।