काठमाडौं, ९ माघ । चिनियाँ कम्पनीको एक समूहले ८.५ करोड डलरमा पाकिस्तानमा स्टक एक्सचेन्जको ४० प्रतिशत हिस्सेदारी खरिद गर्नका लागि एक रणनीतिक समझौतामा हस्ताक्षर गरेको छ । यसको खास उद्देश्य पाकिस्तानको पुँजी बजारमा चीनलाई प्रवेश दिनु र चीन-पाकिस्तान आर्थिक करिडोरका लागि कोष जुटाउनु हो ।
यसले पाकिस्थानको अर्थव्यवस्थामा चीनको प्रभाव बढ्ने मानिएको छ । कराचीमा पाकिस्तानका वित्त मन्त्री इशाक दरको उपस्थितीमा सम्झौतामा हस्ताक्षर गरिएको हो ।
प्रसिद्ध पाक अखबार ‘डान’ का अनुसार चिनियाँ कम्पनीको समूहमा चाइनीज फाइनेन्सियल फ्यूचर्स एक्सचेन्ज कम्पनी लिमिटेड, संंघाई स्टक एक्सचेन्ज शेनजेन स्टक एक्सचेंज र दुई स्थानीय सहयोगी पाकिस्थान–चीन निवेश कम्पनी र हबीब बैंक लिमिटेड शामिल छन् । समूहले ३२ करोड शेयरका लागि २८ पाकिस्तानी रुपैयाँ प्रति शेयरका हिसाबले गत वर्ष डिसेम्बरमा बोली लगाइएको थियो । अर्थात यो सम्झौता ८.९६ अरब पाक रुपैयाँ (८.५० करोड डलर) को भएको छ ।
पाकिस्तान शेयर बजार इफ्रास्ट्रक्चर बान्ड जारी गर्ने योजना पनि बनाइएको छ । जसमा मिल्ने मुद्राको प्रयोग ४६ अरब डलरको चीन–पाकिस्तान आर्थिक करिडोर परियोजनामा गरिने छ ।
यो करिडोर पाकिस्तान अधिनस्त क्षेत्र कश्मीर हुँदै बनाइने छ । यसअवसरमा चिनियाँ कम्पनीका एक अधिकारी दरले भनेका छन्– ‘हाम्रो लक्ष्य देशमा यस प्रोजेक्टबाट पाकिस्तान डेभलपमेन्ट फन्ट जुटानु हो । हामी छिटै फन्टका लागि पाकिस्तान स्टक एक्सचेन्जमा उत्रिने छौं ।’ उनले यसका लागि अन्तरराष्ट्रिय वित्तीय निगम र अन्यले पनि आफ्नो रुचि देखाएका छन् ।
उनले पाकिस्तानी बजारमा चिनिया कम्पनीको प्रवेश हुनु दुइवटै देशको लागि फाइदाजनक भएको बताएका छन् ।














प्रतिक्रिया