युएई । एमाले निकट भातृ संगठन प्रवासी नेपाली मञ्च युएईले संगठन बिस्तारलार्इ तिब्रता दिएको छ ।
स्वदेशमा पार्टीले गाउँ आभियान चलाइरहेको बेला युएईमा पनि संगठन मजबूद बनाऊन प्रवासी नेपाली मञ्चले यूएइका बिभिन्न सहरमा रहेको आफ्नो क्षत्रीय ऊपक्षत्रीय कमिटीको अधिबेसनलार्इ तिब्रता दिएको हो ।
प्रवासी नेपाली मञ्च फूजेराह क्षेत्रिय अधिबेशन शनिबार सम्पन्न भएको छ ।प्रवासी नेपाली मञ्चका निबर्तमान अध्यक्ष प्रकाश कोइरालाको प्रमुख आतिथ्यमा अधिबेसन सम्पन्न भयको थियो ।
अधिबेसनबाट ऊत्तम थापाको अध्यक्षतामा एघार सदस्यीय क्षत्रीय कमिटी गठन गरेको छ ।
उपाध्यक्ष राजेश खडका, सचिबमा मेघु कंडेल, सहसचिबमा देब नारायण भण्डारी कोषअध्यक्षमा होम परियार रहेका छन् ।
सदस्यहरुमा शेर सुनार, बिजय सुनार, जिल्लाराम नेपली, शुक नारायण मल्ल, बालकृष्ण राई, सुजन कार्की लगायत ब्यक्तिहरू निर्वाचित भएका छन् ।
















प्रतिक्रिया