१९ कार्तिक २०८३, बिहिबार

अवैध लागूऔषधसहित तीन जना पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ८ माघ
काठमाडौं महानगरपालिका–१६ बनस्थली खरिबोटमा चेकजाँच गर्ने क्रममा काठमाडौं बनस्थली बस्ने उदयपुर गाईघाट–२ का २७ वर्षीय देवराज तामाङलाई झोलामा राखेको अवैध लागूऔषध डाइजेपाम ३६ पिस, युफिन ३३ पिस र फेनारगन ३९ पिस सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

साथै तामाङसँग रहेका काठमाडौं बनस्थली बस्ने चितवन दिव्यनगर–९ का २८ वर्षीय भिमसेन अधिकारी र काठमाडौं महानगरपालिका–१६ बोहोराटारका २८ वर्षीय सचिन श्रेष्ठ समेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।