
लुसाका । गैर आबासीय नेपाली संघ जाम्बियाले लुसाकामा दक्षिण अफ्रिका र जाम्बिया गरी सात अफ्रिकन राष्ट्रहरुका लागि नेपालका राजदूत अमृत बहादुर राईको सम्मानमा स्वागत तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा बोल्दै राजदूत राईले नेपाल बहिर बस्ने सबै नेपाली देशका वास्तविक दूत भएकाले सबै एनआरएनहरुले नेपालको आर्थिक र सामाजिक बिकासमा संलग्न हुन अनुरोध गरे ।
नेपाल सरकार, राजदूतावास र आफू यस क्षेत्रमा रहेका नेपालीहरुको सुःख दुःखमा संलग्न हुन चाहेको र यहाँहरुलाई नेपालको बिकास अभियानमा सँगै लग्न चाहेको बताए ।
संघका जाम्बिया अध्यक्ष बिदुर खनालले राजादूत राईलाई धन्यवाद दिदै जम्बियामा रहेका नेपालीहरु नेपालमा लगानी र बिकास अभियानमा सहभागी हुन चाहेको र त्यसका लागि दूतावासले समन्वय गर्न अनुरोध गरे ।
उनले एनआरएन कार्डमा सहजिकरण र यस क्षेत्रका नेपालीहरुको अनलाइन रेकर्ड राजदूतावासले राख्नु पर्ने बताए ।
उनले भने, ‘विश्वकै आश्चर्य भिक्टोरिया फल्स रहेको जाम्बिया र हिमालहरुको सुन्दर देश नेपालबीच पर्यटकको अनुभव आदानप्रदान र पर्यटन बिकासमा साझेदारी हुन सक्छ ।’















प्रतिक्रिया