१९ कार्तिक २०८३, बिहिबार

सीमांकन विवादले नुवाकोटमा तनाव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


नुवाकोट, ७ माघ । स्थानीय तह पुनःसंरचना अन्तर्गत सीमांकनको विषयमा भएको प्रदर्शनले उग्र रुप लिँदा नुवाकोट सदरमुकाम विदुर शुक्रवार दिनभर तनावग्रस्त भएको छ । भीड नियन्त्रण गर्न प्रहरीले २२ राउण्ड टियस ग्यास र १२ पटक रवरको गोली चलाएको छ ।

स्थानीय निकाय पुनःसंरचना आयोगले जिल्लाबाट पठाएको प्रतिवेदनलाई उल्टाएर अर्को छुट्टै खाका भएको प्रतिवेदन सरकारलाई बुझाएपछि जिल्लाभर असन्तुष्टी बढ्दै गएको छ । राज्य पुनःसंरचना अन्र्तगत जिल्ला प्राविधिक सहयोग समिति नुवाकोटले लिखु गाउँपालिका प्रस्ताव गरेको थियो ।

स्थानीयतहको पुनःसंरचनामा जिल्लाबाट सिरफारिस भएको लिखु गाउँपालिका हटाएको विरोधमा थानसीं, चौघडा, सुर्यमति र खानीगाँउ गाविसका सर्वसाधारणहरुले पाँच दिनदेखि पूर्वी भेग ठप्प बनाएर आन्दोलन गर्दै आएका थिए ।

छैटौँ दिन प्रदर्शन गर्न सदरमुकाम विदुर आइपुगेका आन्दोलनकारीहरुले जिविस तोडफोडमा उत्रिएपछि प्रहरी र आन्दोलनकारीवीच दिनभर ढुंगा हानाहान भएको हो ।

पूर्वी भेगबाट सदरमुकाम आइपुगेका आन्दोलनकारीहरुले जिल्ला विकास समिति नुवाकोटको दुई वटा भवनमा तोडफोड र आगजनी गरेपछि प्रहरीले लाठी, अश्रुग्यास र रवरको गोली चलाएको हो ।

नुवाकोटका डिएसपी ऋषिराम कँडेलले जिविसमा धर्ना दिन आएका आन्दोलनकारीहरुले झुक्याएर जिविस तोडफोड गर्न थालेपछि शान्ति सुरक्षा कायम गर्न र सार्वजनिक सम्पत्तिको रक्षा गर्नको लागि हवाई फायर गर्नुपरेको बताए ।